Friday 12th September 2025

उपराष्ट्रपति पुन चीनको औपचारिक भ्रमणमा जाने

7 years अगाडी

काठमाडौँ, ३१ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आउँदो असोज ३ गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । ६ दिनको भ्रमणका लागि चीन जान लागेका उपराष्ट्रपतिको यो दोस्रो चीन भ्रमण हो ।यसअघि पहिलो पटक उपराष्ट्रपति हुँदा पनि उनले एक पटक चीन भ्रमण गरेका थिए । दोस्रो पटक निर्वाचित भएपछि भने उनको यो पहिलो वैदेशिक भ्रमणमा हो ।भ्रमणको क्रममा उपराष्ट्रपतिले सिचुवान प्रान्तको राजधानी छन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागीता जनाउने उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिएका छन् ।

उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् । ‘चीनमा नयाँ क्षेत्र, पश्चिमी चीनमा नयाँ विकास’ भन्ने मुख्य नाराका साथ आयोजना भएको मेला असोज ८ गतेसम्म आयोजना हुनेछ । उपराष्ट्रपतिले असोज ५ गते अन्तर्राष्ट्रिय मेलाको अवसरमा छेन्दुमा आयोजित डिजिटल फोरमलाई सम्बोधन गर्नेछन् । चीनमा रहँदा उनले चीन सरकारका उच्च पदाधिकारीहरु, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का सिचुवान प्रान्तका पदाधिकारी, सरकारी प्रतिनिधिहरुसँग भेटवार्ता गर्नेछन् । उनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमण समेत गर्नेछन् ।
उपराष्ट्रपतिको भ्रमण टोलीमा करिब १५ जना हुनेछन् ।

          September 16, 2018 11:36 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...