पुरा पढ्नुहोस र सेयर गर्नुहोस,के तपाईलाई लसुनको यी आश्चर्यजनक फाइदा बारे थाहा छ ?
लसुनलाई केही घरेलू उपचारमा पनि प्रयोग गरिँदै आएको छ । लसुनको केही परम्परागत महत्व छन्, जसले नकारात्मक शक्तिलाई भगाउन सक्छ । लसुनबाट धेरै क्यालोरिज पाइन्छ । सय ग्राम लसुनमा सयभन्दा बढी क्यालोरी पाइन्छ । लसुनमा कार्बोहाइड्रट र प्रोटिन प्रसस्त मात्रामा पाइन्छन्, जसले हाम्रो शरीरिक तथा मानसिक दुवै स्वास्थ्यमा सुधार ल्याउँछ । लसुनमा खनिज, सोडियम, पोटासियम तथा म्याग्नेसियम र भिटामिन–बीको मात्रा बढी रहन्छ । यसबाहेक लसुनमा ‘एलिसिन’ नामक तत्वको पनि मात्रा पनि बढी हुन्छ । लसुनले संक्रमण तथा अपच र श्वासप्रश्वाको समस्यालाई ठिक पार्छ । लसुनमा पाइने ‘एन्टिअक्सिडेन्ट’ र ‘एन्टी–इन्फ्लामेटोरिज’ले मृटुलाई स्वास्थ्य राख्छ । लसुनले शरीरमा रहेको कोलेस्ट्रोललाई नियन्त्रण गर्छ र शरीरमा रक्तचाप प्रक्रियालाई ठिक र नियमित गराउँछ । लसुनले एन्टिबायोटिकभन्दा राम्ररी जीवाणुहरु मार्न सक्छ ।
सिरानीमुनि लसुन राख्नुको आफ्नै पुरानो मान्यता छ । लसुनले मिठो निन्द्रा लगाउँछ भन्ने मान्यता राखिन्छ । यसले बिशेषगरी त्यस्ता व्यक्तिलाई फाइदा गर्छ, जसलाई निन्द्रा पर्न गाह्रो हुन्छ । लसुनको सल्फरयुक्त यौगिक र कडा सुगन्धको शान्त प्रभावले मिठो निन्द्रा लगाउँछ । एक पटक प्रयाग गर्नुहोस्, यो तरिका तपाई यसको असर थाहा पाउँनुहुनेछ । सिरानीमा लसुन राख्नाले हामीमा दिनभरी सकारात्मक प्रभाव पार्नका साथै अर्को दिनको लागि रातभर ऊर्जा संकलन गर्छ ।
सुरु सुरुमा लसुनको सुगन्धले केहीलाई अप्ठ्यारो पर्न सक्छ तर नियमित यसरी सिनारी मुनी लुसन राख्नाले बानी पर्छ र यसको बास्नाले राम्रो निन्द्रा पर्छ। मिठो निन्द्रा लगाउँन लसुनलाई अर्को तरिका पनि प्रयोग गर्न सकिन्छ । एक गिलास दुधमा एक पोटी लसुनलाई ट्क्राएर उमाल्नुहोस् । तीन मिनेटसम्म उमालेपछि सेलाउँन दिनुहोस् । अब एक चिनी चम्चा मह दुधमा मिसाएर पिउँनुहोस् । यद्यपि, राम्रो प्रभावका लागि तपाईले सुत्न ३० मिनेटअघि पिउँनुपर्ने हुन्छ । एजेन्सी
September 16, 2018 12:26 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन