छाता भित्रबाटै योजना र दिक्कपालले आफ्नो प्रेम सार्वजनिक गरेपछि.. (भिडियो सहित)
काठमाडौं : म्यानमारमा सम्पन्न मिस्टर मोडल अफ द वल्ड– २०१८ को उपाधि नेपाली मोडल दिक्पाल कार्कीले हात पारेका छन् ।
९ प्रतिस्पर्धीहरुलाई पछि पार्दै कार्कीले मिस्टर मोडल अफ द वर्ल्ड–२०१८ को टाइटल जितेका हुन् । प्रतिस्पर्धामा भारत, थाइल्याण्ड, इन्डोनेशिया, फिलिपिन्स, चीन लगायतका देशबाट मोडलहरु सहभागी भएका थिए ।
दिक्पालले अरु तीनवटा टाइटल पनि जितेका छन् । मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पनि उनले जिते।थाइल्याण्डमा भएको मिस्टर ग्लोबल र फिलिपिन्समा भएको मिस्टर ग्राण्ड इन्टरनेशनलमा सहभागी भइसकेका कार्कीले विभिन्न अन्तर्रा्ष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् ।
दिक्पालले मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए । सन् २००९ देखि मोडलिङ सुरु गरेका ६ फिट अग्ला मोडल दिक्पालले नेपालमा विभिन्न चर्चित शो हरुमा भाग लिइसकेका छन् । भेटेनरी डाक्टरसमेत रहेका दिक्पालले एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरेका छन् ।
त्यस्तै थाइल्याण्डमा भएको मिस्टर ग्लोबलमा उनी छैठौं भएका थिए । कोरियन क्लोथिङ ब्राण्ड ब्लायकयाकका लागि चर्चित कोरियन मोडल जो इनसँग मोडलिङ गरेका दिक्पालले ब्रागेइस ब्राण्डको जुत्ताका लागि समेत मोडलिङ गरेका थिए । मिस्टर ग्राण्ड नेपाल २०१७ का विजेता दिक्पालले मिस्टर वर्ल्ड नेपाल–२०१७ को कोरियोग्राफी गरेका थिए । द ड्रिम सर्च एजेन्सीले दिक्पाललाई नेपालको प्रतिनिधित्व गराउनका लागि छानेको थियो ।
सन् २००९ देखि मोडलिङ सुरु गरेका ६ फिट अग्ला मोडल दिक्पालले नेपालमा विभिन्न चर्चित शोहरुमा भाग लिइसकेका छन् । भेटेनरी डाक्टरसमेत रहेका दिक्पालले एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला।
September 17, 2018 12:06 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार