साउदीमा मृगौला पीडितलाई सहयोग ।
मनोज बराल
साउदि अरब- बैदेशिक रोजगारको सिलसिलामा दक्षिण एसियाका बिभिन्न देशहरुबाट साउदी अरब आइ श्रम गर्ने श्रमिकहरूको संख्या उल्लेख्य रहेको छ भने रोजगारकै क्रममा दुर्घटना हुने तथा गम्भिर रोगको सिकार हुनेहरु पनि प्रसस्तै छन । घर परिवारबाट टाढा परदेशमा दुर्घटनामा परेमा वा गम्भिर रोग लागेमा पीडितहरु झन समस्याको दलदलमा फसिरहेका हुन्छन ।
यस्तै घटनाहरूको एक पात्र हुन् दार्जिलिंग स्थाई घर भएका नेपाली भाषी महोम्मद जाबेद आलम । करीब २ वर्ष अघी रोजगारीकै सिलसिलामा साउदी आएका उनि अचानक एउटा मृगौला फेल भइ पिडित भएका छन् । अहिले पीडित आलम कम्पनि मा काम गर्न नसक्ने अवस्था छन् भने उपचार खर्चको अभावले उनि छटपटाइ रहेका छन् । स्थानिय अस्पतालले पीडितलाइ तत्काल आफ्नो मुलुक फर्काउनको लागि पत्र दिए पनि उनि कार्यरत कम्पनि ले कुनै चासो नदेखाएको र इकामा (अस्थाइ परिचय-पत्र) समेत चोरी भएकोले थप समस्यमा छन् ।
अहिले पीडितलाइ आफ्नो मुलक फर्काउनको लागि कम्पनि संग समन्वय भइ रकेको तर कम्पनीले केहि रकम डिपोजिट राखेर मात्र जान पाउने अड्डि कसेको छ भने चाडो भन्दा चाडो आफ्नो मुलुक फर्काउन आर्थिक सहयोग संकलन कार्य सुरू गरिएको उनि कार्यरत कम्पनीमा श्याम बराइलीले जानकारी दिए । मेरो अगुवाइमा पिडितको जीवन रक्षा गर्न र छिटो भन्दा छिटो सकुसल आफ्नो मुलुक पठाउने दृढ सङ्कल्पका साथ अभियान चलाएका हौ, बराइलीले भने ।
पीडित उपचारमा कठिनाइ भएको र उनलाइ नयाँ जिवनदिन आर्थिक अभावको खाचो भएको बताउदै अगुवा बराइलीको सहयोगि समुहले आम समुदायलाई अपिल गरेको छ । साथै सहयोग गर्न चाहाने दाताहरूको लागी निम्न बैंक खाता संचालनमा लिइएको बराइलीले जानाएका छन् ।
MD. Mainuddin, A/C no 2104484922
IFSC: CBIN0 281282
Kurseong Branch, Central bank of India.
संपर्क नम्बर साउदी :
श्याम बराइली : 058 134 6036
महोमद जाबेदको पिडा र आसु लाइ देख्न नसिक उनको जीवन रक्षाको लागि देश बिदेशमा हुनु हुने दयावान मनहरुलाइ अपिल गरिएको बताउदै अहिलेसम्म ५५००/-साउदी रियाल र ५ सय भारतीय रुपैया संकलन गरि पिडित महोमद जाबेद अलामलाई हस्तान्तरण गरिएको अभियानका अगुवा बराइलीले हामीलाइ जानकारी दिए ।
September 18, 2018 12:53 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो