

साउदीमा मृगौला पीडितलाई सहयोग ।

मनोज बराल
साउदि अरब- बैदेशिक रोजगारको सिलसिलामा दक्षिण एसियाका बिभिन्न देशहरुबाट साउदी अरब आइ श्रम गर्ने श्रमिकहरूको संख्या उल्लेख्य रहेको छ भने रोजगारकै क्रममा दुर्घटना हुने तथा गम्भिर रोगको सिकार हुनेहरु पनि प्रसस्तै छन । घर परिवारबाट टाढा परदेशमा दुर्घटनामा परेमा वा गम्भिर रोग लागेमा पीडितहरु झन समस्याको दलदलमा फसिरहेका हुन्छन ।
यस्तै घटनाहरूको एक पात्र हुन् दार्जिलिंग स्थाई घर भएका नेपाली भाषी महोम्मद जाबेद आलम । करीब २ वर्ष अघी रोजगारीकै सिलसिलामा साउदी आएका उनि अचानक एउटा मृगौला फेल भइ पिडित भएका छन् । अहिले पीडित आलम कम्पनि मा काम गर्न नसक्ने अवस्था छन् भने उपचार खर्चको अभावले उनि छटपटाइ रहेका छन् । स्थानिय अस्पतालले पीडितलाइ तत्काल आफ्नो मुलुक फर्काउनको लागि पत्र दिए पनि उनि कार्यरत कम्पनि ले कुनै चासो नदेखाएको र इकामा (अस्थाइ परिचय-पत्र) समेत चोरी भएकोले थप समस्यमा छन् ।
अहिले पीडितलाइ आफ्नो मुलक फर्काउनको लागि कम्पनि संग समन्वय भइ रकेको तर कम्पनीले केहि रकम डिपोजिट राखेर मात्र जान पाउने अड्डि कसेको छ भने चाडो भन्दा चाडो आफ्नो मुलुक फर्काउन आर्थिक सहयोग संकलन कार्य सुरू गरिएको उनि कार्यरत कम्पनीमा श्याम बराइलीले जानकारी दिए । मेरो अगुवाइमा पिडितको जीवन रक्षा गर्न र छिटो भन्दा छिटो सकुसल आफ्नो मुलुक पठाउने दृढ सङ्कल्पका साथ अभियान चलाएका हौ, बराइलीले भने ।
पीडित उपचारमा कठिनाइ भएको र उनलाइ नयाँ जिवनदिन आर्थिक अभावको खाचो भएको बताउदै अगुवा बराइलीको सहयोगि समुहले आम समुदायलाई अपिल गरेको छ । साथै सहयोग गर्न चाहाने दाताहरूको लागी निम्न बैंक खाता संचालनमा लिइएको बराइलीले जानाएका छन् ।
MD. Mainuddin, A/C no 2104484922
IFSC: CBIN0 281282
Kurseong Branch, Central bank of India.
संपर्क नम्बर साउदी :
श्याम बराइली : 058 134 6036
महोमद जाबेदको पिडा र आसु लाइ देख्न नसिक उनको जीवन रक्षाको लागि देश बिदेशमा हुनु हुने दयावान मनहरुलाइ अपिल गरिएको बताउदै अहिलेसम्म ५५००/-साउदी रियाल र ५ सय भारतीय रुपैया संकलन गरि पिडित महोमद जाबेद अलामलाई हस्तान्तरण गरिएको अभियानका अगुवा बराइलीले हामीलाइ जानकारी दिए ।
September 18, 2018 12:53 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

