साउदि अरबमा एक नेपालीले गरे आत्महत्या, बिहिवारसम्म सव नेपाल पठाउने तयारी ।
तेज थापा,
साउदी अरब – गत १६ अगस्ट, २०१८ साउदी अरबको राजधानि रियादमा मृत्यु भएका योगेन्द्र चौधरीको सव यही आउदो बिहिवार इत्तिहात एअरलाइन्सबाट नेपाल पठाउने अन्तिम तयारी हुदै छ । साउदि अरबको रियाद स्थित रैसि कम्पनि लिमिटेड (Raissy Company Ltd.) कम्पनिमा कार्यरत मृतक ६ महिना पहिले साउदी अरब आएका थिए । पेट दुख्ने बिमारीले ग्रसित भइ घर फर्कन कम्पनिलाइ बारम्वार अनुरोध गरे ता पनि कम्पनिले वेवास्ता गरेको र मेडिकल रिपोर्ट माग गर्दै आलटाल गरे पछि उनि मानसिक तनावमा रहेका थिए ।

घटना बारे जानकारि प्राप्ति सँगै नवलपरासी प्रवासी सम्पर्कका अध्यक्ष एवम् एनआरएन एनसिसि साउदी अरबका संरक्षक तथा समाजिक अभियन्ता बिरेन्द्र कुमार चौधरीले नेपाली राजदूतवास रियादलाइ जानकारी गराएका थिए । घटना बारे वास्तविक जानकारी हासिल गरि रोजगारदाता कम्पनि पत्ता लगाउने काम भयो, साथै दूतावास कै बिशेष पहलमा र कम्पनिसँग समन्वय गरि बिहिवार नै मृतको सव नेपाल पठाइदै छ, नवलपरासी प्रवासी सम्पर्कका अध्यक्ष चौधरिले भने । साथै उनले घटना बारे मृतकका परिवारलाइ अबगत गराइ बताउदै समय मै सव नेपाल पठाउन तदारूकता देखाउने नेपाली राजदूतावास रियाद प्रति धन्यवाद प्रकट समेत गरे ।
मनस्लु इन्टरनेस्नल सर्भिस म्यान पावर कम्पनिबाट साउदी श्रम बेच्न हिडेका अर्का नेपाली मानसिक पिडा सहन नसकि आत्महत्या गरि साउदीमै अस्तायका छन् । बर्दघाट नगरपालिक १२ चौपता, नवलपारसी स्थाइ घर भएका मृतक योगेन्द्रको घरमा बुवा-आमा श्रीमति र एक छोरा छन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा