

मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो

मलेसिया – मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । मलेसियाका लागि कार्यवाहक राजदूत कुमार राज खरेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार ज्यान जानेमध्ये ६ जना नेपाली रहेको पुष्टी भएको हो । सञ्जय उराव, विशाल बुढाथोकी र मिमबहादुर घलेको नाम खुलेको र बाँकी तीनजनाको नाम खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । विषाक्त रक्सी पिउँदा अरु १७ जना नेपाली बिरामी भएका छन् । उनीहरुको मलेसियाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
प्राप्त जानकारी अनुसार सनगाइ बुलह अस्पतालमा ५ जनाको निधन भएकाे छ भने ९ जनाको उपचार भैरहेकाे छ । त्यस्तै कजाङ अस्पतालमा १ जनाको ज्यान गएको छ भने ५ जनाकाे उपचार भैरहेकाे छ । बन्टाङ, अम्पाङ र क्लाङ अस्पतालमा १/१ जना गरी तीन जना नेपालीकाे उपचार भैरहेकाे छ । मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार बेलुकासम्म बिरामी पर्नेको संख्या ५१ पुगेको छ । बिरामीमध्ये तीन जना मलेसियाली नागरिक छन् भने बाँकी नेपाल, म्यानमार, बंगलादेश र भारतका नागरिक रहेका छन् ।
मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । १४ जनाको अवस्था गम्भीर रहेको छ । बिरामी परेको भनिएकाहरुले कडा रक्सी पिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।निर्देशक डाक्टर नूरका अनुसार त्यहाँको स्वास्थ्य विभाग र प्रदेशले गरेको अनुसन्धानमा बिरामीले क्वालालम्पुर सेलांगोर क्षेत्रबाट लामो समयदेखि कडा खालको रक्सी किनेको खुलासा भएको छ ।
बिरामीहरुबाट लिइएको जानकारीअनुसार उनीहरुले तीनवटा ब्राण्डका रक्सी किनेका थिए । मण्डले ह्विस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्विस्की उनीहरुले स्थानीय बजारबाट किनेका हुन् । स्थानीय कारखानाहरुमा काम गर्ने विभिन्न देशका मजदुरहरुले सोमबार सार्वजनिक बिदा भएकाले खाने पिउने गरेको बताइएको छ ।
September 19, 2018 11:04 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

