आफ्नी बहिनी र श्रीमतीलाई आपत्तिजनक अवस्थामा भेटे, श्रीमतीको जवाफले श्रीमान बेहोस
भर्खरै बिहे गरेर ल्याएकी आफ्नी श्रीमती समलिंगी भएको थाहै नपाएका एक युवकलाई त्यतिबेला ठूलो झट्का लाग्यो जब उनकी बहिनी पनि समलिंगी भएको खुल्यो । यतिमात्र होइन उनको खुट्टामुनिबाट जमिन त्यतिबेला भासियो जब उनले यी दुवैलाई आपत्तिजनक अवस्थामा भेटे । हद त तब भयो जब उनकी श्रीमतीले नै उनलाई ठाडो जवाफ फर्काइन् जुन जवाफ सुनेर बिचरा युवक बेहोस भए ।
उत्तर प्रदेशको कानपुरमा यस्तो विचित्र घटना भएको हो । यहाँ एक नवविवाहिता युवतीले पतिलाई छोडेर आफ्नी नन्दसँग समलिंगी सम्बन्ध सुरु गरिन् । यी दुईलाई केही स्थानीयले सार्वजनिक सुलभ शौचालयमा आपत्तिजनक अवस्थामा फेला पारे । त्यसपछि उनीहरुले पतिलाई खबर गरे । पतिले आएर जब श्रीमतीलाई गाली गरे । त्यसपछि श्रीमती र बहिनीको ठाडो जवाफ सुनेपछि भने बिचरा युवक त्यहीँ बेहोस भए । उनीहरु दुवैले भने ‘अब समलिंगी सम्बन्धलाई मान्यता दिने कानुन बनिसकेको छ तिमीहरु के गर्छौ ?’
कानपुरका ती युवकको ५ महिना अगाडि फतेहपुरकी एक युवतीसँग भएको थियो । बिहे गरेर घर आएसँगै उनकी पत्नीको युवककी सानीमाकी छोरीसँग लेस्बियन सम्बन्ध सुरु भयो । यी दुई घण्टौं बन्द कोठाभित्र बस्थे । एक दिन युवककी आमाले उनीहरुलाई आपत्तिजनक अवस्थामा देखेकी पनि थिइन् तर उनलाई समलिंगी सम्बनधबारे खासै जानकारी नभएकोले उनले यसबारे ध्यान दिइनन् । पटक पटक उनीहरु यस्तै अवस्थामा भेटिन थाले ।
शनिबार त हदै भयो । टोलको सार्वजनिक शौचालयमा यी दुवैलाई अश्लील क्रियाकलाप गरिरहेको अवस्थामा स्थानीयले देखे, हल्ला पूरै टोलभरी फैलियो । त्यसपछि उनीहरुलाई यसबारे सोध्दा उनीहरुले खुलेरै आफूहरुको समलिंगी सम्बन्ध भएको स्वीकार गर्दै भने ‘अब समलिंगी सम्बन्धलाई मान्यता दिने कानुन बनिसकेको छ तिमीहरु के गर्छौ ?’उनीहरुले आफूहरुलाई रोक्ने कोसिस गरे दुवैले आत्महत्या गर्ने र सुसाइड नोट लेखेर पूरै परिवारलाई फसाउने धम्कीसमेत दिए । अहिले यो विवाद प्रहरीमा पुगेको छ तर नयाँ कानुन भर्खरै लागू भएका कारण प्रहरीसमेत यो विवाद कसरी मिलाउने भन्ने अन्योलमा छ ।
September 19, 2018 11:37 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा