आफ्नी बहिनी र श्रीमतीलाई आपत्तिजनक अवस्थामा भेटे, श्रीमतीको जवाफले श्रीमान बेहोस
भर्खरै बिहे गरेर ल्याएकी आफ्नी श्रीमती समलिंगी भएको थाहै नपाएका एक युवकलाई त्यतिबेला ठूलो झट्का लाग्यो जब उनकी बहिनी पनि समलिंगी भएको खुल्यो । यतिमात्र होइन उनको खुट्टामुनिबाट जमिन त्यतिबेला भासियो जब उनले यी दुवैलाई आपत्तिजनक अवस्थामा भेटे । हद त तब भयो जब उनकी श्रीमतीले नै उनलाई ठाडो जवाफ फर्काइन् जुन जवाफ सुनेर बिचरा युवक बेहोस भए ।
उत्तर प्रदेशको कानपुरमा यस्तो विचित्र घटना भएको हो । यहाँ एक नवविवाहिता युवतीले पतिलाई छोडेर आफ्नी नन्दसँग समलिंगी सम्बन्ध सुरु गरिन् । यी दुईलाई केही स्थानीयले सार्वजनिक सुलभ शौचालयमा आपत्तिजनक अवस्थामा फेला पारे । त्यसपछि उनीहरुले पतिलाई खबर गरे । पतिले आएर जब श्रीमतीलाई गाली गरे । त्यसपछि श्रीमती र बहिनीको ठाडो जवाफ सुनेपछि भने बिचरा युवक त्यहीँ बेहोस भए । उनीहरु दुवैले भने ‘अब समलिंगी सम्बन्धलाई मान्यता दिने कानुन बनिसकेको छ तिमीहरु के गर्छौ ?’
कानपुरका ती युवकको ५ महिना अगाडि फतेहपुरकी एक युवतीसँग भएको थियो । बिहे गरेर घर आएसँगै उनकी पत्नीको युवककी सानीमाकी छोरीसँग लेस्बियन सम्बन्ध सुरु भयो । यी दुई घण्टौं बन्द कोठाभित्र बस्थे । एक दिन युवककी आमाले उनीहरुलाई आपत्तिजनक अवस्थामा देखेकी पनि थिइन् तर उनलाई समलिंगी सम्बनधबारे खासै जानकारी नभएकोले उनले यसबारे ध्यान दिइनन् । पटक पटक उनीहरु यस्तै अवस्थामा भेटिन थाले ।
शनिबार त हदै भयो । टोलको सार्वजनिक शौचालयमा यी दुवैलाई अश्लील क्रियाकलाप गरिरहेको अवस्थामा स्थानीयले देखे, हल्ला पूरै टोलभरी फैलियो । त्यसपछि उनीहरुलाई यसबारे सोध्दा उनीहरुले खुलेरै आफूहरुको समलिंगी सम्बन्ध भएको स्वीकार गर्दै भने ‘अब समलिंगी सम्बन्धलाई मान्यता दिने कानुन बनिसकेको छ तिमीहरु के गर्छौ ?’उनीहरुले आफूहरुलाई रोक्ने कोसिस गरे दुवैले आत्महत्या गर्ने र सुसाइड नोट लेखेर पूरै परिवारलाई फसाउने धम्कीसमेत दिए । अहिले यो विवाद प्रहरीमा पुगेको छ तर नयाँ कानुन भर्खरै लागू भएका कारण प्रहरीसमेत यो विवाद कसरी मिलाउने भन्ने अन्योलमा छ ।
September 19, 2018 11:37 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन