यमराजको बिषयमा यस्तो भन्छन् शास्त्रहरू
कालसँग नडराउने प्राणी विरलै पाइन्छन् । तसर्थ कालका बारेमा कुतूहल हुनु स्वाभाविक हो । हाम्रा शास्त्रले के भन्छन् त यस विषयमा ?भनिन्छ, विधाताले लेख्छन्, चित्रगुप्तले पढेर सुनाउँछन् र हिसाब राख्छन्, यमदूतले समातेर लान्छन् अनि यमराजले दण्ड दिन्छन् , मृत्यको समय मात्र नभई स्थानसमेत निश्चित छ । दस दिशामध्येमा एक दक्षिण दिशामा यमराजको निवासस्थल छ ।सूर्यदेवका पुत्र हुन् यमराज । त्यस हिसाबले उनका हजुरबुबा ऋषि कश्यप हुन् भने हजुरआमा अदिति। सूर्यदेवका दुई श्रीमती संज्ञा र छायामध्ये विश्वकर्मापुत्री संज्ञाबाट वैवस्वत मनु, यम, यमी, अश्विनीकुमारद्वय तथा रेवन्त जन्मिए भने छायाबाट शनि, तपती, विष्टि तथा सावर्णि मनु जन्मिए ।
वैवस्वत मनु वर्तमान मन्वन्तरका अधिपति हुन् । यमराजको काम समस्त जीवहरूको शुभाशुभ कर्म विचार गरी सोहीअनुरूप त्यसको फल प्रदान गर्नु हो । यमी यमुना नदीकी संरक्षक हुन् । अश्विनीकुमारद्वय देवताक वैद्य हुन् । रेवन्त सदैव आफ्ना बाबुको सेवामा लागेका छन् । शनि ग्रहहरूमध्ये एक हुन्। तपतीको विवाह सोमवंशी राजा संवरणसँग भएको थियो । विष्टि भद्रा नामक नक्षत्र लोकमा छिन् भने सावर्णि मनु आठौ मन्वन्तरका अधिपति हुनेछन् ।यमराजकी पत्नी देवी धुमोरना हुन् । कतिला यमराज एवं धुमोरनाका पुत्र हुन्। यमराजका सहायक चित्रगुप्त हुन् जो सबै प्राणीको कर्म निगरानी गरी पाप(पुण्यको लेखाजोखा राख्छन् । चित्रगुप्तको खाताको नाम ‘अग्रसन्धानी’ हो जसमा विश्वका प्रत्येक जीवको पापपुण्यको हिसाब राखिएको हुन्छ ।
वेदमा यमराजलाई पितर वा पितृहरूको अधिपति मानिएको छ । उपनिषदमा वणिर्त यम(नचिकेता संवाद आध्यात्मिक रूपले महत्वपूर्ण मानिन्छ । यमराजका लागि पितृपति, कृतान्त, शमन, काल, दण्डधर, श्राद्धदेव, धर्म, जीवितेश, महिषध्वज, महिषवाहन, शीर्णपाद, हरि एवं कर्मकर जस्ता विशेषणको प्रयोग गरिन्छ। पुराणमा उल्लेख भएअनुसार यमराजको रंग हरियो छ भने उनी रातो पहिरन लगाउँछन् । यमराजको वाहन राँगो हो भने उनको हातमा सदैव एक गदा हुन्छ ।पितर वा पितृहरूका अधिपति यमराजको सहरलाई ‘यमपुरी’ तथा राजमहललाई ‘कालीत्री’ भनिन्छ । यमराज बस्ने सिंहासनको नाम ‘विचार(भू’ हो । महाण्ड एवं कालपुरुष यमराजका अंगरक्षक तथा यमदूत सेवक वा अनुचर हुन्। यमराजको द्वारपालको नाम वैध्यत हो । चार आंखा तथा फराकिलो नाक भएका दुईवटा भयङ्कर कुकुर यमराजको ढोकाका संरक्षक छन्
पुराणहरूका अनुसार यमलोक मृत्युलोकभन्दा माथि दक्षिणतर्फ ८६००० योजनको दूरीमा पर्छ । एक योजनमा करिब ४ किलोमिटर हुन्छ । एक लाख योजनमा फैलिएको यमपुरी वा यमलोकको उल्लेख गरूड पुराण तथा कठोपनिषदमा पाइन्छ। यमराजको लोक ज्फ़ संसारलाई यमलोक, संयमनीपुरी तथा पितृलोक भनिन्छ। पितर वा पितृहरूको निवास चन्द्रमा भन्दा माथि मानिएको छ ।स्मृति ग्रन्थका अनुसार अहिलेसम्म १४ जना यम भएका छन् । ती हुन् – यम, धर्मराज, मृत्यु, अन्तक, वैवस्वत, काल, सर्वभूतक्षय, औदुम्बर, दध्न, नील, परमेष्ठी, वृकोदर, चित्र र चित्रगुप्त। ‘धर्मशास्त्र संग्रह’ का अनुसार श्राद्धमा १४ यमलाई उनीहरूको नाम लिएर ३(३ अँजुली पानीले तर्पण दिइन्छ । ‘स्कन्दपुराण’ का अनुसार कार्तिक कृष्ण त्रयोदशीका दिन घिउको बत्ती बालेर अर्पण गरी यमराजलाई प्रसन्न तुल्याउन सकिन्छ ।
एक पटक स्वयं यमराजको मृत्यु भएको थियो । त्यसको प्रसंग यस्तो छ स् :: शिवभक्त श्वेतमुनिको मृत्यु समय आएपछि यमराजले मृत्युपाश पठाए । मुनिकहाँ भैरवले पहरा दिइरहेका थिए। उनले मृत्युपाशमाथि प्रहार गरी मूर्छित बनाइदिए । यो देखेर यमराज रिसाए र उनले भैरवलाई प्रत्युपाशमा बाँधे । यस्तो देखेपछि श्वेतमुनिले ईष्टदेव शिवको प्रार्थना गरे । शिवले कार्तिकेयलाई पठाए । कार्तिकेय र यमराजसँग युद्ध गरी उनलाई मारिदिए। जब सूर्यदेवले यी कुरा थाहा पाए, तब उनले शिवजीको स्तुति गरे । सूर्यको स्तुतिबाट प्रसन्न भएका शिवले यमराजलाई पुनस् जीवित तुल्याए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन