

बिजुलीचोर विरुद्ध अब गृह र उर्जा मन्त्रालयको संयुक्त ‘अप्रेशन’

३१ जेठ,काठमाडौ। बिजुली चोरीलाई नियन्त्रण गर्न गृह र उर्जा मन्त्रालयले संयुक्त कारबाही चलाउने भएको छ । बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उर्जा मन्त्री वर्षमान पुनबीच भएको छलफलपछि दुुवै मन्त्रालयले संयुक्त रुपमा विजुरी चोरी नियन्त्रण अभियान थाल्ने निर्णय भएको हो ।
गृह स्रोतका अनुसार विद्युत् चोरी नियन्त्रणलाई परिणाममुखी रुपमा कार्यान्वयनमा ल्याउनका लागि संयुक्त अभियान थाल्ने दुई मन्त्रीबीच सहमति भएको छ । त्यसका लागि प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्याल्य र विद्युत् प्राधिकरण शाखा कार्यालयबीच समन्वय गरी संयुक्त कार्ययोजना तयार गरी अप्रेशन चलाउने निर्णय भएको छ ।
अनलाइनखबरका अनुसार विद्युत् निर्माण आयोजना स्थलमा सुरक्षाको प्रत्याभूत गर्न थप सुरक्षा आवश्यक भएमा गृहमार्फत सक्रियतापूर्वक कार्य गर्ने विषयमा समेत छलफल भएको छ ।
त्यस्तै, सडक निर्माणका सन्दर्भमा विद्युत्का पोलहरु समस्याको रुपमा देखा परेको भन्दै अन्तर निकायगत समन्वय गरी अत्यावश्यक क्षेत्रमा तत्काल विजुलीको पोलहरु सार्ने निर्णय भएको बताइएको छ ।
June 14, 2018 5:20 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

