Wednesday 11th February 2026

डार्क सर्कल देखियो ? चट् पार्न अपनाउनुहोस् यो घरेलु विधि

7 years अगाडी

एजेन्सी । निद्रा नपुग्दा तथा धेरै मोबाइल, ल्याप्टप तथा टेलिभिजनको स्क्रिनमा समय बिताउँदा हाम्रो आँखाको मुनीतिर कालो घेरा अर्थात डार्क सर्कल देखिने गर्दछ। डार्क सर्कलले अनुहारको सुन्दरता खबर बनाउन गर्दछ। हामीले उक्त डार्क सर्कल हटाउनका लागि मेकअपको साहारा लिने गर्दछौँ।आज हामीले डार्क सर्कल हटाउने सजिलो घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। उक्त घरेलु उपायबाट तपाईले आफ्ना आँखाको मुनी देखिएको डार्क सर्कल केही दिनमै हटाउन सक्नुहुन्छ।

डार्क सर्कल हटाउने घरेलु उपाय
कागती र टमाटर  : एउटा कचौरामा एक टुक्रा कागती र थोरै टमाटरको रस लिनुहोस्। उक्त टमाटरको रसमा अलिकती कागती मिसाएर डार्क सर्कलमा लगाउनुहोस्। १०, १५ मिनेट राखेर त्यसलाई धुनुहोस्। यो प्रयोग दिनमा एक वा दुई पटक गर्नुभयो भने केही दिनमै तपाईको डार्क सर्कल हराएर जानेछ।

बेकिङ सोडा र मनतातो पानी : मनतातो पानीमा बेकिङ सोडा मिलाएर डार्क सर्कलमा लगाउनुहोस्। यो प्रयोग बेलुकी सुत्नी अघि गर्नुभयो भने केही दिनमै तपाईको आँखाको मुनी देखिएको डार्क सर्कल हराएर जानेछ।

भिटामिन ई र बदामको तेल : भिटामिन ई क्याप्सुल र बदामको तेल मिलाएर डार्क सर्कलमा लगाउदा पनि केही दिनमै डार्क सर्कल हटाएर अनुसार सफा देखिनेछ।

ग्रिन टी ब्याग : तपाईले प्रयोग गरेको ग्रिन टी ब्यागको प्रयोगबाट पनि डार्क सर्कल हटाउन सक्नुहुन्छ। प्रयोग गरेको ग्रिन टी ब्याग केही समय फ्रिजमा राख्नुहोस्। त्यसपछि त्यसलाई निकालेर १० मिनेटसम्म आफ्नो आँखामा राखिराख्नु भयो भने केही दिनमै डार्क सर्कल हटेर जानेछ।

आलु : आलु पिनेर मिसिने बनाउनुहोस्। कटन कपडाले आँखाको मुनी लगाउनुभयो भने केही दिनमै डार्क सर्कल हराएर जानेछ।

          September 21, 2018 11:54 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...