नेपालमै यस्तो मन्दिर जहाँ त्रिशुल होइन हसिया चढाउछन्
जिरी नगरपालिका – ७ नम्बर वडामा अवस्थित वज्युथान । यस मन्दिरमा भक्तजनहरुले भगवानलाई त्रिशुल होइन हसिया चढाउने गर्दछन दशैंको फूलपातीको दिन विहानै नुहाई धुवाई गरेर फुम्वा (लोटा) मा जाडँको छोक्र राखी माछा (चिरुम), हसियाँ, घण्टी आदि लिएर कोहीसँग नबोली पुरोहितको घरमा जान्छन् ।वज्युथानको मन्दिरमा चिरुम (माछा), खट्टे, सयपत्रीको फूल, भिजाएको चामल, छ्याङ् आदि चढाउछन् । यस मन्दिरमा विभिन्न पूर्णीमा लगाएत वैशाखको पूर्णीमामा पनि लालीगुँरासको फूल चढाउने चलन छ ।
कसरि उत्पत्ति भयो ? : नागको छोरी फूलपिङबाट उत्पान्न भई जिरी सिक्री, जुँगु हुदै तामाकोशी पारी भिमसेनसँग भेट्दा आफू भन्दा पनि शक्तिशाली र जान्ने देखे ।भिमसेनलाई भेटी फर्किदा बज्युदेव टुटेपानी पुग्दा भिमसेनले वाण हानेको तर वज्युदेवले रोकेको र बज्युदेव क्षेत्रपा आएर बास बसी जिरी सिक्री हुँदै फर्केको भोली पल्ट भैसीलुम्बु हुदै हालको (जिरी नगरपालिका -७ सिक्री ) वज्युथानमा आएर बास बसी त्यही मृत्यु भएको थियो भन्ने मानिन्छ ।
त्यहि बसोबास गर्ने जिरेल जातिका महिला ज्यामेनी कामेर वज्युको आत्मा आएर आफ्नो सबै कुरा सुनाएर थान बनाएर मान्न आग्रह गरेको र सोही बेला देखि ज्यामेनीले नै थान बनाएको मानिन्छ । हालसम्म पुरुष झाँक्रीहरु मान्दजे जिरेल–वोजे जिरेल–टिकामान जिरेल–अम्बर बहादुर जिरेल गरि चार पुस्ता पूजारी देखिएको मात्र देखिएको छ ।
September 21, 2018 2:56 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन