Sunday 9th November 2025

नेपालमै यस्तो मन्दिर जहाँ त्रिशुल होइन हसिया चढाउछन्

7 years अगाडी

जिरी नगरपालिका – ७ नम्बर वडामा अवस्थित वज्युथान । यस मन्दिरमा भक्तजनहरुले भगवानलाई त्रिशुल होइन हसिया चढाउने गर्दछन  दशैंको फूलपातीको दिन विहानै नुहाई धुवाई गरेर फुम्वा (लोटा) मा जाडँको छोक्र राखी माछा (चिरुम), हसियाँ, घण्टी आदि लिएर कोहीसँग नबोली पुरोहितको घरमा जान्छन् ।वज्युथानको मन्दिरमा चिरुम (माछा), खट्टे, सयपत्रीको फूल, भिजाएको चामल, छ्याङ् आदि चढाउछन् । यस मन्दिरमा विभिन्न पूर्णीमा लगाएत वैशाखको पूर्णीमामा पनि लालीगुँरासको फूल चढाउने चलन छ ।

कसरि उत्पत्ति भयो ? : नागको छोरी फूलपिङबाट उत्पान्न भई जिरी सिक्री, जुँगु हुदै तामाकोशी पारी भिमसेनसँग भेट्दा आफू भन्दा पनि शक्तिशाली र जान्ने देखे ।भिमसेनलाई भेटी फर्किदा बज्युदेव टुटेपानी पुग्दा भिमसेनले वाण हानेको तर वज्युदेवले रोकेको र बज्युदेव क्षेत्रपा आएर बास बसी जिरी सिक्री हुँदै फर्केको भोली पल्ट भैसीलुम्बु हुदै हालको (जिरी नगरपालिका -७ सिक्री ) वज्युथानमा आएर बास बसी त्यही मृत्यु भएको थियो भन्ने मानिन्छ ।

त्यहि बसोबास गर्ने जिरेल जातिका महिला ज्यामेनी कामेर वज्युको आत्मा आएर आफ्नो सबै कुरा सुनाएर थान बनाएर मान्न आग्रह गरेको र सोही बेला देखि ज्यामेनीले नै थान बनाएको मानिन्छ । हालसम्म पुरुष झाँक्रीहरु मान्दजे जिरेल–वोजे जिरेल–टिकामान जिरेल–अम्बर बहादुर जिरेल गरि चार पुस्ता पूजारी देखिएको मात्र देखिएको छ ।

          September 21, 2018 2:56 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...