Friday 13th February 2026

मेवाको पातको जुस : यस्ता ज्यानै लिने रोगको पनि अचुक औषधि (विधिसहित

8 years अगाडी

हाम्रो गाउँठाउँमा जताततै सहजै पाइने फलहरु मध्ये मेवा पनि एक हो। मेवालाई गुणवान फलको रुपमा लिइन्छ। मेवा खानाले मानव स्वास्थ्यलाई धेरै फाइदा मिल्छ भन्ने जानकारी हामी मध्ये धेरैलाई हुन सक्छ।  तर, मेवाको पातलाई पिनेर जुस बनाएर सेवन गर्नाले अनेकौ प्रकारका रोगहरुबाट छुटकारा पाउन सकिन्छ भन्ने सुन्दा हामीलाई आश्चर्य लाग्न सक्छ। हो सत्य हो, मेवाको पातको जूस यदी तपाईंले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अव पिउन थाल्नुस्। किनकी मेवा खानुको साथै मेवाकोे पातको जूसले धेरै प्रकारका रोगहरुबाट छुट्कारा पाउन सकिन्छ। यदी तपाईं निरोगी जीवन जिउन चाहनुहुन्छ भने नियमित मेवाको जूस सेवन गर्नु अति नै उत्तम हुन्छ।

 मेवाको पातको जूस पीउनाले हुने फाइदाहरु:

१. क्यान्सर कोषलाई बढ्न दिदैँन : मेवाको पातमा क्यान्सर सँग लड्ने गुण हुन्छ। जसले इम्यूनिटीलाई बढाउनमा मद्दत गर्छ , र सर्भाइकल क्यान्सर, स्तन क्यान्सर जस्ता क्यान्सरका कोषहरुलाई बृद्धि हुन दिदैन।

२. इन्फेक्शनबाट बचाउँछ : शरीरको इम्यूनिटीलाई बढाउनुका साथै मेवाको पातको जूसले शरीरमा व्याक्टेरियाको उत्पादनलाई रोक्नमा पनि मद्दत गर्छ। यसले रगतमा सेतो रक्त कोषिका ९व्हाईट व्लड सेल्स० बढाउन पनि सहयोग गर्छ।

३. डेंगूमा रामबाण औषधि : डेंगू र मलेरिया लाई तहलाउन मेवाको पातको जूस धेरै नै लाभकारी हुन्छ। यसले ज्वरोको कारण कम हुँदै गएको प्लेटलेट्सलाई बढाउनुका साथै शरीरमा फूर्ती ल्याउँछ।

४. महिनावारीको समयमा हुने दुखाईबाट बचाउँछ : महिनावारीको समयमा कतिपय महिलाहरुलाई पेट दुख्ने समस्या हुन्छ। र यस अवस्थामा हुने दुखाईमा मेवाको पातको जूसमा इमली, नून र २ गिलास पानी मिसाएर काढ़ा बनाएर उक्त काढालाई सेलाएर पिउनाले दुखाईमा राहत प्राप्त हुन्छ।

५. रगतको कमीमा लाभदायक : मेवाको पातको जूस औषधि समान हुन्छ। यदी तपाईको रगतमा प्लेटलेट्स कम हुँदैछ भने मेवाको पातको जूस पिउन सक्नु हुन्छ। मेवाको पातको जूस तपाईले दैनिक दुई चम्चाका दरले तिन महिनासम्म पिउनुभयो भने तपाईको रगतमा प्लेटलेट्सको मात्रा चाँडै नै बढेर जान्छ।

          June 14, 2018 11:09 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...