

नेपालको लोकतन्त्र समावेशीको दृष्टिकोणले विश्वकै उदाहरणीय : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको लोकतन्त्र समावेशीको दृष्टिकोणले विश्वकै उदाहरणीय भएको बताएका छन्। राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबारको नासल चोकमा आयोजित ‘लोकतन्त्र मेला’लाई आज सम्बोधन गर्दै उनले समावेशी प्रजातन्त्र र लोकतन्त्रमा महिला सहभागिताको दृष्टिले विश्वमै नेपाल एउटा उत्साहवद्र्धक उदहारणका रुपमा प्रस्तुत भएको बताए।
उनले भने, “आजै मात्रै भएको संसद्का विभिन्न समितिको निर्वाचनमा उल्लेख सङ्ख्यामा महिला नेत्री समितिको नेतृत्वमा आएका छन्। झण्डै ९० प्रतिशत महिलालाई प्राथमिकता दिइएको छ। परिवर्तनको आन्दोलनमा साँच्चै भूमिका खेलेका र सशक्त क्षमता भएका महिला समितिको सभापतिमा निर्वाचित भएका छन्।” राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशमा महिला भएको नेपाल सम्भवत दुनियाँमा पहिलो देश भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले यो कुनै संयोगले आएको नभई नेपालको राजनीतिक नेतृत्वले महिलालाई अगाडि ल्याएर मात्रै समतामूलक समाज निर्माण र साँचो लोकतन्त्र स्थापना गर्न सकिन्छ भन्ने सोचले सम्भव भएको बताए।
नेपालको राजनीतिक परिवर्तनको प्रक्रिया र शान्ति प्रक्रिया पनि मौलिक प्रकृतिको रहेको दोहोर्याउँदै अध्यक्ष दाहालले मुलुकभित्रका राजनीतिक दल र नेतृत्वद्वारा परिस्थितिको विश्लेषण गरिएर निकालिएको निष्कर्षकै आधारमा राजनीतिक परिवर्तन र शान्ति प्रक्रिया अघि बढेको बताए।उनले नेपालको राजनीतिक परिवर्तनको प्रक्रिया र शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदाय, छिमेकी देश तथा विश्वभरीको लोकतन्त्रप्रति समर्पित बुद्धिजीवि र व्यक्तित्वको सहयोग, समर्थन र सद्भाव शुरु देखिनै रहेको बताए।
अध्यक्ष दाहालले भने, “नेपालको राजनीतिक परिवर्तनको प्रक्रियाको साथसाथै नेपालको मौलिक प्रकृतिको शान्ति प्रक्रिया पनि नेपालको मात्रै सम्पत्ति नभएर अब यो अन्तर्राष्ट्रिय लोकतान्त्रिक आन्दोलनका पक्षधरको पनि एउटा सम्पत्तिका रुपमा रहेको छ। हामीले नेपालको शान्ति प्रक्रिया मौलिक प्रकृतिको विशेषतासहित सबैलाई उदाहरण हुने गरी सफल पारेका छौँ ।” संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा विधायन व्यवस्थापन समितिले ‘समावेशी लोकतन्त्र, समृद्ध नेपाल’ भन्ने मूल नारासाथ पहिलो पटक लोकतन्त्र मेलाको आयोजना गरेको हो। मेला शनिबारसम्म चल्नेछ।
September 22, 2018 11:09 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

