Saturday 16th May 2026

हेर्नुहोस् ७ तस्बिरमा,प्रकृतिले दिएको अनौठो भूतगाउँ

8 years अगाडी

एजेन्सी। चीनको झेजियांग प्रान्तस्थित शेंगशान टापुको दृश्य यस्तो छ जुन देख्दैमा सबै चकित हुन्छन्।

जुन ठाउँ धेरै पुरानो जस्तो देखिन्छ। औं सताब्दीको जस्तो देखिने सोही टापुमा ‘हुटोवान’ नामले चर्चित गाउँ। यो गाउँको दृश्य कुनै हलिउड फिल्मको भुताहा गाउँको दृश्य भन्दा कम छैन।

हरियो गाउँ नै लहराहरुले सबै घरहरुमा कब्जा जमाएको छ। अर्थात् गाउँका सबै घरहरु हरिया छन्, कुनै खण्डहरमा वर्षौँपछि रुखविरुवा पलाएको जस्तो देखिन्छ।

कुनै समय ५ सय घर रहेको र थुप्रै जनसंख्या रहेको यो गाउँमा निकै चहलपहल हुन्थ्यो। दुई हजार भन्दा धेरै माझी परिवार बस्दथे।

सन् १९९० को दशकदेखि यहाँबाट बसाइँ सराइँ सुरु भएको हो। चार वर्षको अवधिमा लगभग सबैजसो गाउँलेहरु गाउँ छाडेर निस्के।

          June 14, 2018 11:21 am | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...