बार डान्सरले आफ्नै अश्लील भिडियो बनाएर असुलिन् लाखौं, विदेश जाने सपनाले फसिन्
एक बार डान्सरले बिजनेसम्यान युवकलाई फोन गरेर आफ्नो जालमा फसाइन् । उनीहरुबीच यौन सम्बन्ध भयो । ती बार डान्सर युवतीले आफूहरुको सेक्सको भिडियो बनाइन् । त्यसपछि उनले ती बिजनेसम्यान युवकलाई ब्ल्याकमेल गर्न थालिन् । उनले ती युवकलाई बलात्कारको अभियोगमा फसाउने धम्की दिँदै रकम असुलिरहेकी थिइन् । ३ वर्षको अवधिमा उनले १५ लाखभन्दा बढी रकम असुलेको खुलेको छ ।
ती युवती एक साथीसँग विवाह गरेर डिपेन्डेन्ट भिसामा विदेश जाने सोचाइमा थिइन् । यही कारण उनले ती युवकसँग एकै पटक १५ लाख माग्न थालिन् । उनले पैसा नदिए बलात्कारको केस गरिदिने धम्की पनि दिइन् । एकैपटक धेरै पैसा मागेपछि समस्यामा परेका युवकले प्रहरीमा उजुरी गरिदिए । पुलिसले महिला र उनका दुई साथीलाई पक्राउ गरेको छ ।

पीडित युवकका अनुसार उनी हरियाणाको कैथलमा व्यवसाय गर्छन् । ८ वर्ष पहिले ती युवती फोनमार्फत उनको सम्पर्कमा आएकी थिइन् । मोवाइलमा कुरा हुँदाहुँदै उनीहरु नजिकिए र भेट्न थाले । यही क्रममा उनीहरुबीच शारीरिक सम्बनध भयो । केही समयपछि युवतीले उनीसँग पैसा माग्न थालिन् । पैसा नदिए बलात्कारको केसमा फसाउने धम्की दिन्थिन् । उनले इज्जत बचाउनको लागि पैसा दिए । युवतीले उनीसँग ७ लाख नगद र ८–९ लाख बराबरको सामान लिइसकेकी थिइन् ।
यहाँसम्म कि उनले घर बनाउनको लागि इट्टा, छड, सिमेन्ट, टाइल, ढुंगासमेत ती युवकलाई नै किन्न लगाएकी थिइन् । घर बनपछि एलइडी टिभी र एसीसमेत किन्न लगाएकी थिइन् । उनले १५ दिन अगाडि पुनः फोन गरेर १५ लाख नगद मागेकी थिइन् । पैसा नदिए केस गरिदिने धम्की दिएपछि युवकले मोवाइलमा सबै कल रेकर्ड गरे । युवतीले ५ लाख रुपैयाँ गत शुक्रबार र बाँकी १० लाख १० अक्टोबरका दिन दिनुपर्ने भनेका थिए । यही बीचमा युवकले उजुरी गरेपछि प्रहरीलाई पक्राउ गरी थप कारवाही अगाडि बढाएको छ ।
September 24, 2018 4:19 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने