Friday 12th September 2025

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता

7 years अगाडी

न्यूयोर्क । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भारतीय समकक्षी सुषमा स्वराजसँग भेटवार्ता गरे। संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुवै मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुगेका हुन्। उक्त अवसरमा दुईपक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो।

छलफलमा यसअघि दुवै मुलुकबीच भएका सम्झौताअनुसार सञ्चालन भएका विकास परियोजनालाई थप गति दिने सहमति भएको परराष्ट्र सचिव शङ्करदास वैगागीले जानकारी दिए।  उक्त अवसरमा परराष्ट्र मन्त्रालयका सचिव वैरागी र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित थिए।

          September 25, 2018 10:38 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...