Friday 12th September 2025

दशैं मान्न राजधानी छाड्नेहरुका लागि खुशीको खबर: आजदेखि टिकट बुकिङ खुला

7 years अगाडी

काठकाडौं – नेपाल यातायात व्यवसायी महासंघले दशैं मान्न राजधानी छाड्नेहरुका लागि आजदेखि टिकट बुकिङ खुला गर्दैछ । सरकार र व्यवसायीबीच असोज ५ गतेदेखि नै टिकट बुकिङ खुला गर्ने सहमति भए पनि इन्धनको मूल्य बढेसँगै व्यवसायीले बुकिङ खोल्न आनाकानी गरिरहेका थिए । सरकार र व्यवसायीबीच १० प्रतिशत भाडा बढाउने सहमति भए भएपछि महासंघको हिजो बसेको बैठकले बुकिङ खोल्ने निर्णय गरेको हो ।

रोजगारी, पढाइ लगायतको सिलसिलामा काठमाडौं बस्दै आएका करिव २० लाख मानिस दशैं, तिहार र छठ पर्वका लागि आफ्नो मूल थलो फर्कने अनुमान गरिएको छ ।

          September 25, 2018 11:03 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...