सुन्दरीले डेटिङमा बोलाएपछि खुसी हुँदै गए, युवतीलाई भेट्दा होसहवास उड्यो
एजेन्सी। अमेरिकाका एक युवकले सामाजिक संजालमा एक सुन्दरी युवतीको निम्तो पाए । ती युवतीले युवकलाई डेटिङका लागि बोलाएकी थिइन् । जब ती युवक युवतीलाई भेट्न गए त्यसपछि भने उनले साच्दै नसोचेको घटना भयो । उनले यो घटना सामाजिक संजालमा शेयर गरेका छन् । उनले पोस्टमा सबै घटना विस्तृत रुपमा लेखेका छन् ।युवकका अनुसार ब्वाइफ्रेण्ड खोजिरहेकी एक युवतीले सामाजिक संजाल टिंडरमा उनलाई ब्लाइंड डेटको म्यासेज पठाएकी थिइन् । उनले म्यासेजमा भेट्ने ठाउँ र समय पनि बताएकी थिइन् । ती युवक जब ताएको समयमा त्यो ठाउँमा पुगे उनको होसहवास उड्यो । त्यहाँ युवकहरुको ठूलो भीड थियो । केही बेरपछि बल्ल ती युवकले असली कहानी थाहा पाए । खासमा ती युवतीले २ सय जना युवकलाई एकैपटक एकै ठाउँ ब्लाइंड डेटको लागि बोलाएकी थिइन् । ती युवती २ सय जनामध्येबाट आफ्नो लागि सही ब्वाइफ्रेण्ड छान्न चाहन्थिन् ।
सामाजिक संजालमा ती युवकको पोस्ट अहिले भाइरल भइरहेको छ र मानिसहरु ती युवतीलाई गाली गरिरहेका छन् । युवकका अनुसार उनले सामाजिक संजालमा ती युवतीसँग कुरा गरेपछि उनीहरुले एक अर्काको फोन नम्बर पनि लिएका थिए । युवकका अनुसार युवतीले आफ्नो नाम नताशा एपोन्टे बताएकी थिइन् । उनी आफैंलाई हिरोइन, मोडल, गायिका र ट्रेकर बताएकी थिइन् ।
केही दिन कुराकानीपछि युवतीले युवकलाई डेटमा बोलाइन् । युवतीले उनलाई न्यूयोर्कको युनियन स्क्वायर पार्कमा बोलाएकी थिइन् । त्यहाँ पुग्दा ती युवकसँगै अरु २ सय जना थिए र यी सबै ती युवतीसँग डेटको लागि आएका थिए । युवकका अनुसार पार्कमा डिजेको पूरा सेट लगाइएको थियो । जहाँ युवती केहीबेरमा आफ्ना २ बडिगार्डसमेत पुगिन् र डेटका लागि आएका सबै युवकलाई एक ठाउँमा भेला पारिन् । युवतीले त्यहाँ आएका सबै युवकहरुबीच केही प्रतिस्पर्धा गराउने र यसको आधारमा आफ्नो लागि सबैभन्दा ठिक पार्टनर चुन्ने बताइन् ।
युवतीले प्रतिस्पर्धामा भाग लिन नचाहनेहरु फर्केर जान स्वतन्त्र भएको बताइन् । त्यसपछि केही युवक फर्केर गए । युवतीले अरु पनि शर्त राखेकी थिइन् । लामो दाह्री भएका र डोनाल्ड ट्रम्पलाई मन पराउनेहरु आफ्नो पार्टनर बन्न नसक्ने उनले पहिल्यै भनिन् । त्यसपछि प्रतियोगिता कस्ता हुने र यसको नियम बताइन् । डेटका लागि गएका युवकहरुलाई पुशअप, दौड लगायत सेनामा भर्ती हुँदा झैं शारीरिक परीक्षण गरियो । साथमा ती युवकले यो पनि बताउनुपर्ने थियो कि उनीहरु डेट किन गर्न चाहन्छन् । यो घटनापछि सार्वजनिक भएको भिडियोका मरिब १० जना प्रतियोगितामा भाग लिइरहेका देखिन्छन् । यद्यपि युवतीले कसलाई पार्टनर रोजिन् भन्ने थाहा भएको छैन ।
September 25, 2018 11:50 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन