शरीरभरी कालो धब्बासहित बच्चा जन्मिएपछि तर्सिए डाक्टर, यस्तो छ अहिलेको अवस्था( फोटो फिचर सहित)
एजेन्सी। अमेरिकाको अटलान्टामा ५ वर्षअघि एक बालक शरीरभरी कालो धब्बासहित जन्मिए । डाक्टरले उनको अवस्था देख्नासाथ बुझिसकेका थिए कि सबथोक ठिक छैन । बच्चा कन्जेनिटल मेलानोसाइटिक नेवर नामको गम्भीर स्वास्थ्य अवस्थाबाट ग्रसित थिए । यसले भविष्यमा क्यान्सर हुने खतरा थियो । डाक्टरले बच्चाको स्वास्थ्य अवस्था र भविष्यमा गर्नुपर्ने अपरेशनको बारेमा परिवारलाई सचेत गराए । अहिलेसम्म ती बालकको २६ पटक अपरेशन गरिसकिएको छ तर यी काला धब्बा पूर्ण रुपमा हटेका छैनन् ।

जर्जियाको अटलान्टा सहरमा ५ वर्ष पहिले जन्मिएका डिलान निकै चर्चाको विषय बने । उनको शरीर बर्थमार्कको बाला धब्बाले भरिएको थियो । उनको पीठ भने पूरै कालो थियो । जन्मनासाथ डाक्टरलाई उनको अवस्थाको अनुमान भइसकेको थियो । बच्चा कन्जेनिटल मेलानोसाइटिक नेवरबाट पीडित थिए । यो समस्याले छालाको क्यान्सर हुने खतरा अत्याधिक हुन्छ । डाक्६रले डिलानकी आमा कारालाई यसबारे सबै बताए । डाक्टरले भने कि यी बालकले जीवनको सुरुवातका केही वर्ष कैयौं सजरीको सामना गर्नुपर्नेछ ।

काला धब्बाले डिलानको पूरै पीठ भरिएको थियो जसलाई डाक्टर पूर्ण रुपमा हटाउन चाहन्थे । यसको लागि डाक्टरहरुलाई बच्चाको शरीरबाट थप छालाको आवश्यकता थियो । तर, बच्चाको शरीरबाट यति धेरै छाला पाइनु सम्भव थिएन । डिलान केही ठूलो भएपछि डा६रले उनको सर्जरी गर्ने फैसला गरे । अपरेशन निकै कठिन थियो किनकि यसमा अत्याधिक छालाको प्रत्यारोपण गर्नुपर्ने थियो । उनीहरुले बच्चाको शरीरको सही ठाउँमा छाला इम्प्लान्ट गरे । त्यसपछि त्यहाँबाट छाला निकालेर प्रभावित ठाउँमा छाला ट्रान्सप्लान्ट गरे । ५ वर्षको उमेरसम्म उनको २६ अपरेशन गरिसकिएको छ । अहिलेसम्म उनको शरीरबाट आधा काला धब्बा मात्र हटाउन सकिएको छ ।

डिलानले हरेक ३ वा ६ महिनामा अपरेशन गर्नुपर्छ । शरीरको कुन भागको अपरेशन गर्नुपर्ने हो त्यो अनुसार अपरेशनको अन्तर घटीबढी हुन सक्छ । उनको परिवार चाहन्छन् कि डिलानको शरीरमा यी बर्थमार्क फेरि कहिल्यै नफर्किउन् किनकि यिनीहरुले पछि क्यान्सरको रुप लिन सक्छन् । पटक पटक अपरेशनको सामना गर्दा पनि डिलान खुसी रहेको उनकी आमा कारा बताउँछिन् । उनीहरु यही कोसिसमा लागेका छन् कि डिलानलाई लामो र स्वस्थ जीवन दिन सकियोस् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन