प्रधानमन्त्रीद्वारा नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विकासका लागि लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।न्युयोर्कमा एशिया सोसाइटीले गरेको अन्तक्रियामा प्रधानमन्त्री ओलीले नेपालको जलविद्युत्, पर्यटन, कृषि लगायत क्षेत्रमा उच्च सम्भावना रहेको भन्दै लगानीका लागि आग्रह गरे । नेपाललाई सम्बृद्ध बनाउन आफूहरु अभियान नै लिएर अगाडि बढिरहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले भारतले गरेको नाकाबन्दीपछि नेपाली जनताले पाएको दुःखको स्मरणसमेत गरेका थिए । प्रधानमन्त्री ओलीले भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत दिए । अष्ट्रेलियाका प्रधानमन्त्रीको अध्यक्षतामा एशिया सोसाइटीको अन्तक्रिया भएको थियो । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिन त्यता गएका हुन् ।
September 26, 2018 11:25 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने