कोरियामा बृहत् रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न
भिराट पराजुली-
कोरिया – नेपाल मुक्तक प्रतिष्ठान कोरिया ंशाखाको आयोजनामा सौल स्थित नेपाल हाउसको हलमा बृहत् रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सस्थाका अध्यक्ष रामचन्द्र शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि इतर आवाज साहित्य समाजका अध्यक्ष तथा प्रखर कवि पराजित पोमु रहनुभएको थियो ।
सस्थाका बरिष्ट उपाध्यक्ष राम केसी नयनको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा नेपाली साहित्य समाज कोरियाका अध्यक्ष यल जी बिवस, अन्तरास्ट्रिय साहित्य समाज कोरियाका वरिष्ठ उपाध्यक्ष डी आर न्यौपाने सुर्य , विश्व साहित्य समाज कोरियाका सचिव खेम पुन ,प्रखर गजलकार नवीन नेपाल ,इतर साहित्य समाजका अध्यक्ष पराजित पोमु, साहित्यकार मिलन कान्छा किराँती , ओ एस नेपालका पत्रकार हरी अधिकारी , एन आर एन कोरियाकी अध्यक्ष लक्ष्मी लामा ( गुरुङ ) लगायतले मन्तब्य राख्नुभएको थियो ।
यसैबिच नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले ३ जना श्रस्टालाई सम्मान गरेको छ ।बिगत लामो समयदेखि प्रवासमा रहेरपनि वहाँहरूले नेपाली साहित्यमा गर्नुभएको अतुलनिय योगदानको उच्च कदर गर्दै चर्चित मुक्तककार सन्तोष अम्गाईँ , गजलकार तथा मुक्तककार डीआर न्यौपाने सुर्य र मुक्तककार संजय घिमीरे लाई सम्मान गरेको हो।

कार्यक्रममा गोपाल न्यौपाने , जनक सन्याल , तपेन्द्र बिष्ट , खगेन्द्र खत्री, संजय खनाल, सरोज भण्डारी , नवीन नेपाल , राम के सी नयन , बि पी सागर, ए बी इन्द्र , सङ्कर बि क ,गोपीकृष्ण लामीछाने लगायत करिब १०० जनाले रचना वाचन गर्नुभएको थियो ।यसै क्रममा प्रमुख अतिथिको मन्तब्य राख्दै इतर आवाजका अध्यक्ष पराजित पोमुले नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखा नेपाली साहित्यको बिकास बिस्तारका निम्ति सकृय भएर लागेकोमा खुशी ब्यक्त गर्नुका साथै अाफू र आफ्नो सस्थाको तर्फबाट साथ सल्लाह सुझावको लागि सदैब तत्पर रहेको पनि बताउनु भयो ।
यसैबिच नेसास कोरियाका अध्यक्ष यल्जी बिवस तथा साहित्यकार मिलन किरातीले कार्यक्रम एतिहासिक भएकोमा खुशी ब्यक्त गर्दै आयोजक सस्थाप्रति आभार तथा आगामी कार्यक्रमका लागि शुभकामना पनि दिनुभयो ।

सस्थाका अध्यक्ष रामचन्द्र शर्माले ब्यस्तताका बाबजुत पनि कार्यक्रममा उपस्थित भएर कार्यक्रम भब्य बनाइदिनुभएकोमा समस्त सबैमा हार्दिक आभार ब्यक्त गर्नुको साथै आगामी दिनमा यस्तै साथ मायाको अपेक्षा रहेको बताउनु भयो ।
कार्यक्रममा सुन्ने सुनाउने स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको संयाेजन सस्थाका सचिव जनक सन्यालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सस्थाका महासचिव भोजराज घोडासैनीले गर्नुभएको थियो ।
September 26, 2018 3:50 pm | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।