आलुको बोक्रा नफाल्नुहोस्, यस्ता छन् ५ चकत्कारी फाइदा
नेपालमा अधिकांशले आलुको बोक्रा नतासी पखालेर पकाउने गर्छन्, तर कतिपय भान्छामा सबैभन्दा पोषिलो आलुको बोक्रालाई नङ्ग्याएर त्यसको अस्तित्व लुटिने गरिन्छ। विशेष गरी, विवाह-व्रतबन्ध जस्ता पार्टीसमारोहमा यस्तो भूल गरिन्छ, जसको कारण आलुको स्वाद महत्वपूर्ण स्तरले गिरेको भेट्न सकिन्छ।
धेरैले बेवास्ता गर्ने आलुको बोक्रा किन फाल्नुहुँदैन त? यस्ता छन् कारणहरू:-
१. पौष्टिक तत्वले भरीपूर्ण : आलुमा हाम्रो शरीरलाई अत्यावश्यक पर्ने भिटामिन तथा खनीज पदार्थहरू पाइन्छन्।
२. अनुहारको चमकतामा आलुको बोक्रा : तपाईँको अनुहारमा जादु गर्न सक्छ आलुको बोक्राले! यसमा भएको एण्टिअक्सिडेण्ट, ब्याक्टेरिया तथा कीटनाशक गुणले तपाईँको छालालाई स्वस्थ मात्रै होइन, त्यसमा चमकता पनि प्रदान गर्दछ।
३. कपालको सुन्दरताको लागि आलुको बोक्रा : कपाल झर्ने, नबढ्ने अनि फुस्रो हुने समस्याले सताएको छ भने आलुको बोक्रा लगा उनुहोस निकै फाईदा गर्छ ।
४. भाँडा चम्काउन आलुको बोक्रा : चाँदी तथा आल्मुनियमको भाँडाकुँडा, तामाले बनेको पुजाको सामग्रीमा कडा जिद्दी दाग लागेको छ भने आलुको बोक्रा प्रयोग गर्नुहोस्। अलि बाक्लो बोक्रा निस्कने गरी आलु तास्नुहोस् र त्यसैले भाँडा मस्काउनुहोस्। यसमा पाइने हलुका किसिमको एसिडले भाँडामा लागेको दागलाई हटाउन मद्दत गर्दछ।
५. गमलामा आलुको बोक्रा : अनेकौँ पौष्टिक तत्वले भरिएको आलुको बोक्रा खान मन पर्दै भने त्यसलाई अर्कै कामको लागि सदुपयोग गर्न सक्नुहुन्छ। घरभित्र राख्नुभएको फूलको गमलामा आलुको बोक्रा राख्नुहोस्। यो कम्पोस्ट मल बनेर फूलको डाँठलाई चाहिने पौष्टिक तत्व प्रदान गरी बिरुवाको वृद्धिमा टेवा पुर्याउँदछ।
September 27, 2018 10:34 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन