Wednesday 11th February 2026

हेपिएको मुला : क्यान्सरदेखि गिजाबाट रगत आउने जस्ता समस्याका लागि उपयोगी

7 years अगाडी

धेरैले मुलालाई निकै सामान्य तरकारी वा सलादको रुपमा बुझेका हुन्छन् त्यसैले मुला खाने कुरामा खासै ध्यान दिँदैनन्। खासै महत्व नभएको वा बेतुकको मानिसलाई मूला भनेर गाली गर्ने हाम्रो प्रचलनले पनि मूलाप्रतिको हेलत्व दर्शाउँछ। तर मूला हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने कुरा बुझियो भने सायद मूला हाम्रो अभिन्न अंग बन्नेछ। विज्ञहरुका अनुसार मूलाको सेवनले हाम्रो स्वास्थ्यमा पूराउने फाइदा यस्ता छन् :

१. क्यान्सरबाट बचावट : क्यान्सर जस्ता असाध्य रोगसँग लड्नु असम्भव मानिन्छ। त्यसैले यस्ता रोगबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो। मूलाको नियमित सेवनले क्यान्सरको जोखिम घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन्। मूलामा भिटामिन सी हुने हुँदा यसले सरीरका लागि चाहिने एन्टी अक्सिडेन्टको पनि पर्याप्त आपूर्ति गर्दछ जसका कारण कोषका डिएनए नष्ट हुनबाट बचाउँछ। मूला तथा सागपातको सेवनले खासगरी पेट र आन्द्राको क्यान्सरको जोखिम कम गर्ने विशेषज्ञहरुले बताएका छन्।

२. यसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ। मूलामा पर्याप्त पोटासियम तत्व हुने भएकाले यसले सरीरमा सोडियम पोटासियम लवणको सन्तुलन कायम राख्न मद्दत गर्छ।

३. रगतमा ग्लुकोजको मात्रा नियन्त्रित गरी मधुमेहको जोखिम पनि कम गर्छ।

४. वजन नियन्त्रणका साथै मोटोपना घटाउन समेत सहयोग गर्छ। मूलामा निकै कम क्यालोरी र पर्याप्त फाइबर हुन्छ। १ सय ग्रामको मुलामा १६ क्यालोरी मात्र इनर्जी हुन्छ। त्यसैले मूला अघाउँजी खाँदा पनि बढि क्यालोरी भएर मोटोपना बढ्ने जोखिम हुँदैन।

५. दमका रोगीका लागि समेत मूलाको सेवन हितकर हुन्छ। मूलाको सेवनले स्वासनलीमा हुने एलर्जीको समस्या समेत क मगर्ने बताइन्छ।

६. मूलाको नियमित सेवनले छालामा हुने विभिन्न खाले संक्रमणको जोखिम घटाउनुका साथै अनुहार र छालालाई स्वस्थ राख्न मद्दत गर्छ।

७. मूलामा प्रसस्त फाइबर हुने भएकाले यसले पाचन प्रक्रियालाई नियमति गर्ने तथा कब्जियतको समस्या कम गर्छ।

८. दाँतलाई स्वस्थ र चम्किलो बनाउन पनि मूलाको सेवन उपयोगी हुन्छ।

९. मूलामा प्रसस्त मात्रामा पानी हुने भएकाले यसको सेवनले सरीरमा पानीको आपूर्ति पर्याप्त बनाएर मृगौलाजन्य रोगको जोखिम पनि घटाउँछ।

१०. गिजाबाट रगत आउने समस्या भएकाहरुका लागि मूलाको सेवन निकै फाइदाजनक हुन्छ। मूलाको रस सेवन गर्ने र मूलाकै रसले मुख कुल्ला गर्ने गर्नाले जिवाणुहरु नष्ट गर्न सहयोग गर्छ। जसले मुख गन्हाउने तथा गिजामा संक्रमण भै रगत बग्ने समस्या समेत कम हुन्छ।

          September 28, 2018 10:55 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...