Friday 12th September 2025

नेपालमा पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण गर्नेबारे भारत सकारात्मक

7 years अगाडी

बीबीसी । भारत र नेपालबीच शुरु भएको मन्त्रीस्तरीय प्रारम्भिक छलफलमा नेपालमा पेट्रोलियम पदार्थ ल्याउन थप पाइपलाइन निर्माण गर्नेबारे भारत सकारात्मक देखिएको अधिकारीहरूले बताएका छन्।दुई देशका मन्त्रीबीच शुक्रवार भएको छलफलमा त्यसको सम्भाव्यता र लगानीबारे थप अध्ययन गर्ने सहमति भएको बताइएको छ। पाइपलाइन मार्फत तेल र ग्यास ल्याउदा ढुवानी र जनशक्तिमा वार्षिक रुपमा खर्च हुँदै आएको अर्बौँ रुपैयाँ जोगिने अधिकारीहरूको भनाइ छ।लामो समयदेखि भारतबाट आयात हुने पेट्रोलियम पदार्थ पाइपलाइनमार्फत ल्याउन भइरहेको प्रयास अनुरूप रक्सौल(अलेखगन्ज पाइपलाइन निर्माण भइरहेका बेला दुई देशका मन्त्री स्तरमा थप पाइपलाइन निर्माणबारे छलफल भएको हो।

उक्त छलफलमा अमलेखगन्जसम्मको पाइपलाइनलाई चितवनसम्म पुर्‍याउने विषय उठेको थियो। छलफलका अन्य विषयबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले भने, गोरखपुरदेखि भैरहवासम्म प्राकृतिक ग्यासको पाइपलाइन निर्माण गर्ने मोतिहारीदेखि चितवनसम्म एलपीजी ग्यासको पाइपलाइन निर्माण गर्ने लगायत नेपालमा विभिन्न भूभागमा पेट्रोलियम पदार्थको भण्डार बनाउने विषयमा समेत छलफल भएको छ।

मन्त्रीस्तरमा भएको छलफललाई दुवै देशका आयल निगम र सहसचिव स्तरमा हुने बैठकले अगाडि बढाउने बताइएको छ। त्यसलगतै सम्भाव्यता र लगानीको अध्ययन गरिने सहसचिव ढकालले बताए। आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्मको पाइपलान निर्माणको काम तीव्र रूपमा भइरहेको छ। केही भागमा मुआब्जा र रुख कटान टुङ्गो भए लगतै बाँकी भागमा पनि पाइप बिछ्याइने उनले बताए।

          September 29, 2018 10:03 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...