साउदीमा क्षेत्रिय अधिवेशन सहित सास्कृतिक कार्यक्रम हुदै ।
मनोज बराल
साउदी अरब-गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकले आफ्नो तेश्रो अधिवेशन गर्ने भएको छ । बडा दशै २०७५ को अवसर पारेर यहि अक्टोबर १९ तारिक बिजयादशमी टिकाकै दिन अधिवेशन गर्ने निर्णय भएको क्षेत्रीय समितिका अध्यक्ष अर्जुन थापाले बताएका छन । अधिवेशन टिकाकै दिन परेकोले कार्यक्रममा उपस्थित अग्रज महानुभावबाट सामुहिक रुपमा टिका ग्रहण गर्ने योजना समेत रहेको अध्यक्ष थापाले बताएका छन ।
त्यसैगरी सोहि कार्यक्रममा वैदेशिक रोजगारका क्रममा साउदी आएका नेपालीहरु आ-आफ्नो कला र प्रतिभा प्रस्तुत सहित सास्कृतिक कार्यक्रमको तयारी समेत भइरहेको क्षेत्रीय सचिव युवराज पोख्रेलले जानकारी गराएका छन । भने खेलप्रेमी महानुभावहरुलाइ मनोरञ्जन दिनका लागी खुल्ला भलिबल प्रतियोगिता कार्यक्रम पनि राखिएको सचिव पोख्रेलले बताएका छ्न ।
कार्यक्रम ताबुकको अल मुफ्ता रिसोर्टमा बिहान १० बजेदेखी सुरू हुनेछ ।
October 1, 2018 1:12 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा