विश्वकप फुटबलः आयोजक रसियाको शानदार सुरुवात
काठमाडौँः २१ औँ सस्ंकरणको विश्वकप फुटबल प्रतियोागिता अन्तरगत बिहीबार राति भएको उद्घाटन खेलमा आयोजक रसियाले शानदार सुरुवात गरेको छ ।
लुझ्न्की स्टेडियममा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसहित विश्वका विभिन्न नेताको उपस्थितिमा भएको खेलमा रसियाले साउदी अरेबियालाई ५–० गोलअन्रतले पराजित गरेको हो ।
समूह ए को पहिलो खेलमा रसियाले साउदी अरेबियामाथि गोलबर्षा गर्ने क्रममा पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गर्यो ।
उसका लागि पहिलो गोल खेलको १२ औँ मिनेटमा युरी गाजिन्सकीले हेडमार्फत् गरेका थिए । अधिकांश घरेलु दर्शकले भरिएको मैदानमा देशका लागि तथा यो विश्वकपमा समेत गाजिन्सकीले पहिलो गोल गर्दै नयाँ रेकर्ड बनाए ।
त्यसपछि खेलको ४३ औँ मिनेटमा डेनिस चेरय्स्भले रोमान जोबिनको पासमा गोल गर्दै अग्रता २–० मा पुर्याए । रसियाले दोस्रो हाफमा ३ गोल थप्यो। उसले दोस्रो हाफको इनजुरी टाइममाा दुई गोल गर्न सफल भयो । पहिलो हाफमा २ गोल गरेर उत्साहित रसियाले खेलको ७१ औँ मिनेटमा अर्को गोल थप्यो । उसका लागि एर्टेम ज्युबाले हेडबाट गोल गर्दै अग्रता ३–० मा पुर्याए ।
त्यसपछि रसियाले इन्जुरी टाइमा दुई गोल गर्यो । लगालग गोल खाएर निराश एसियाली मुलुक साउदी अरेबियालाई अस्तब्यस्त बनाउँदै रसियाले खेलको इन्जुरी टाइमको पहिलो मिनेटमा अर्को गोल थप्दै अग्रता ४–० बनायो । यो पटक डेनिस चेरिसेभले व्यक्तिगत दोस्रो गोल गरे ।
यतिमा रसिया रोकिने सुरमा थिए । उसका लागि खेलको अतिरिक्ति समयको पाँचौ मिनेमा अलेक्जेन्डर ग्लोभिनले गोल गरेपछि रसियाले साउदीलाई फराकिलो अन्तरले पराजित गरेन मात्रै समूह ए मा तीन अंक पनि बटुल्यो ।
बलिया प्रतिस्पर्धी मानिएका उरुग्वे र इजिप्ट समेत रहेको यो समूहको उद्घाटन खेलमा शानदार प्रदर्शन गरेपछि रसियाको मनोबल पनि उच्च भएको छ ।
June 15, 2018 12:24 am | खेलकुद,टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।