“प्रदेशी कान्छो म”
प्रदेशी कान्छो म,सारा जिन्दगी परदेश मै बाँस हुने भो
घरपरिवार सँगै बसि रमाउने त मात्र रित्तो आस हुने भो
सुन्छु अचेल मेरो जन्म भूमिमा पनि अमन चयन र शान्ति सुरक्षा अभावमा छ अरे
मान्छेको स्वतन्त्र बाच्ने जिबनशैलि धरापै धरापमा छ अरे
सँगै स्कुल हिडेकी गरीबकि छोरिको अङ्ग भङ्ग भएको नग्न शव भेटिन्छ अरे
धनिका सन्तानको छिमेकी द्वारा अपहरण पछि गला रेटिन्छ अरे
दिनदाहडै हतियार देखाएर बैंक अनि सुन पसल लुटिन्छ अरे
प्रमाण छोडेर पनि अपराधी छाती खोलेर हिड्छ भन्छ्न,तर सोझा साझा निमुखा जनता पो कुटिन्छ अरे
मेरि पनि छोरी बनको बाटो स्कुल जान्छिन आउछिन,
उसमाथि केहि हुन्छ कि भन्ने मात्र डर र त्रास हुने भो
साथीहरु छुट्टीमा रमाउछ्न,यहि सोच्दै मेरो मन हरपल उदास हुने भो
अन्याय परेको गुनासो गर्यो भने,मारिदिने धम्की दिएर तर्साइन्छ अरे
न्याय माग्न सडकमा उत्रिएका जनता माथी गोलि बर्साइन्छ अरे
खैरे साथीले भन्यो,“तेरो देश त बहादुरीको देश होइनर?
नाला पानीको लडाइँ मा आइमाई केटाकेटी पनि शत्रुसङ्ग लडेथ्य
काले साथिले भन्यो“तेरो देश त सुन्दर शान्त देश होइनर?जहाँ गौतम बुद्ध जन्मेर शान्तिको सन्देश छरे थ्य
अनि मैले भने “साथिहरु हो!
त्यो त खाली कागजको पानामा भरिएको मात्रै इतिहास हुने भो रे
आइमाई केटाकेटी मिलेर राणा शासन र राजतन्त्र त हटएका त हौ, तर अझ पनि देश कसैको दास हुने भो रे
अझ पनि देश कसैको दास हुने भो रे ।
सान्ता शाह,
भालुवाङ
दाङ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन