घरवरिपरि बाक्लो ट्युब लगाएको देख्दा सबैले भने पागल, केही महिनापछि गर्न थाले तारिफ
एजेन्सी। घर किन्नु जीवनको सबैभन्दा ठूलो लगानी हो र सबैले यो लगानी निकै सुरक्षित रहोस् भन्ने चाहन्छन् । अमेरिकाको टेक्सासका एक व्यक्तिले पनि जब नयाँ घर किने त्यो घरलाई ४ सय फिट लामो ट्युबले घेरे । छिमेकीसमेत जो पनि यो घरअगाडिबाट हिँड्थे उनीहरुलाई यो ट्युबको प्रयोजन थाहै थिएन । उनीहरुले ती व्यक्तिलाई पागलसमेत भने । तर केही महिनापछि नै थाहा भयो उनी पागल होइनन् निकै बुद्धिमान र समझदार मानिस थिए ।
केही महिनामै प्रशासनले त्यस क्षेत्रमा वर्षा र बाढीको चेतावनी दियो । त्यस क्षेत्रका सबै मानिसहरु घर छोडेर सुरक्षित स्थानतर्फ गए । तर ती व्यक्ति भने घरमै बसे । रेण्डी नामका ती व्यक्तिले घर किन्ने बेला नै त्यहाँको भौगोलिक अवस्थिति हेरेर त्यहाँ भविष्यमा हुन सक्ने विपत्तिबारे सचेत थिए । नजिकै ब्राजोस नदी थियो जसको पानीको सतह बढेपछि यहाँ बाढी आउँथ्यो । यसबाट आफ्नो घरलाई सुरक्षित बनाउन रेण्डीले विभिन्न किसिमका तरिकाहरु खोज्न थाले । यही बीचमा उनले एक्वा ड्यामको बारे थाहा पाए र उनले आफ्नो घर वरिपरि यही एक्वा ड्याम लगाए ।
यो ड्याम एक प्रकारको रबर ट्युबले बनेको हुन्छ । यसभित्र बाहिरपट्टिबाट जति पानी भरिँदै जान्छ यो अग्लो हुँदै जान्छ । यसले पानीको सतह बढ्दा यसको उचाइ पनि बढ्छ र यसभित्र पानी पस्दैन । सुरुमा यो ट्युब देख्दा छिमेकीहरुले उनलाई पागल भनेका थिए तर बाढीका बेला उनको यही पागलपनको चमत्कार देखेर मानिसहरुले बल्ल उनको समझदारीबारे बुझे । भीषण बाढीका बेला पनि उनी घरभित्रै बसे । यो अवधिको लागि आवश्यक सामान उनले पहिल्यै घरमा राखेका थिए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन