पेटदुख्ने समस्या लिएर अस्पताल पुगे युवक, एक्स-रे रिर्पोट हेर्नासाथ चिकित्सक चकित
एजेन्सी । एक व्यक्ति पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका थिए। उनको पेटको एक्स-रे गर्दा चिकित्सकको समेत होस् उड्यो। एक्स-रे रिर्पोटमा ती व्यक्तिको पेटभित्र एउटा स्टीलको गिलास थियो। यो घटना भारतको हरियाणास्थिर फरीदाबाद भन्ने स्थानको हो। ३० वर्षीय एक व्यक्ति त्यहाँको बीके अस्पतालमा पेट दुख्ने समस्या लिएर पुगेका थिए। युवकको हातल देखेर चिकित्सकले उनको पेटको रेक्सरे गराएका थिए। एक्स-रे रिर्पोट देखेपछि चिकित्सक नै चकित भए।
एक्स-रे रिर्पोटमा ती व्यक्तिको ठूलो आन्द्रामा एउटा ठूलो स्टीलको गिलास फसेको थियो। रिर्पोट देख्नासाथ चिकित्सकले उनको उपचार गर्न नसकेर दिल्लीको अस्पतालमा रिफर गरिदिए। चिकित्सकका अनुसार ७ दिन पहिले ती व्यक्तिको पेटमा मलद्वारबाट गिलास भित्र पसेको थियो। जुन पेटभित्र पुगेर ठूलो आन्द्रामा गएर अड्किएको थियो।
गिलास पसेपछि ती व्यक्तिले पेटदुख्ने समस्याका साथसाथ कयौँ समस्याको सामना गर्नु पर्यो। चिकित्सकले पहिले उक्त गिलास मलद्वारबाट निकाल्ने प्रयास गरेका थिए। तर मलद्वार जाम भएका कारण उक्त प्रयास असफल भएको थियो। त्यसपछि चिकित्सकले सल्यक्रिया मार्फत उक्त गिलास बाहिर निकालेका थिए। अहिले बिरामीको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
October 3, 2018 1:18 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन