Friday 12th September 2025

आज स्वदेश फर्कदैँ प्रधानमन्त्री ओली

7 years अगाडी

काठमाडौँ,  १८ असोज । अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश फर्कदैँ छन् । प्रधानन्त्री ओली पत्नी राधिका शाक्यसहित २१ जना उच्च पदस्थ अधिकारीको नेतृत्व गर्दै असोज ६ गते त्यसतर्फ गएका थिए । उनी बिहीबार अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

अमेरिकामा रहँदा प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखसँग औपचारिक एवं अनौपचारिक भेटवार्ता गरेका थिए ।
सोही अवसरमा उनले संयुक्त राष्ट्रसङ्घको स्थायी नियोगको पनि भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले कोष्टारिकाको समेत भ्रमण गरेका थिए । त्यस अवसरमा उनले त्यहाँको शान्ति विश्वविद्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन समेत गरेका थिए।

          October 4, 2018 10:23 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...