पुरा पढ्नुहोस,जुनसुकै क्यान्सरको पनि १००% उपचार गर्छु : बैद्य, कमलराज जोशी
नेपालको नामी वकिल बन्ने उद्देश्य बोकेर बझाङबाट काठमाडौं छिरेका थिए । नेपाल ल क्याम्पसबाट बीएल गरेका उनले डिल्लीबजारमा ल फर्म पनि खोले । केही समय वकालत गरेपछि उनलाई वकालती पेशामा मन लागेन, उनी आफ्नै गाउँ फर्किए । कमलराजका हजुरवुवा बझाङका राजगुरु थिए । बझाङमा उनले गुरुकुल चलाएका थिए । गुरुकुलमा बास्तु, ज्योतिष, पुराणलगायत विभिन्न विषयमा पढाई हुन्थ्यो । कमलले पनि हजुरबुवासंग विभिन्न विषयमा अध्ययन गरेका थिए वकालती काम छाडेका उनले गाउँमा गएर परम्परागत उपचार पद्धती र जडिबुटीका बारेमा अध्ययन गरे । अध्ययनकै क्रममा उनी भारतका विभिन्न स्थानमा पनि पुगे । उनले क्यान्सर रोगले थला परेका विरामीहरुको कल्पसनद पद्धतीबाट उपचार सुरु गरे । उनले हजुरबुवाबाट सिकेका सीप भारतमा प्रयोग गरे । भारतमा सफल रुपमा उपचार गरेपछि उनी २०६१ मा काठमाडौं आए र यहाँ पनि उपचार सुरु गरे । उनले अस्पतालमै राखेर क्रोनिक रोगको उपचार गरे ।
उनले उपचार गरेका २५ विरामीमध्ये २३ विरामीको सफल रुपमा उपचार गरे : नेपालमा मात्र होइन, भारतमा पनि उनले क्यान्सरलगायत कोमामा पुगेका विरामीको पनि चमत्कारिक रुपमा उपचार गरेर ब्यूँताए । उनले परम्परागत कल्पसनद पद्धतीबाट लिवियाका सेना प्रमुखको छोराको बंशानुगत रोगको उपचार गरे । भारतीय काउन्सिलरले नै कमलराज जोशीमार्फत उपचार गरिने भनेर भिसा दिएको थियो । अहिले संसारमा नै उपचार नभएको ड्युचिनी मस्कुलर डिस्टोर्फी (डीएमडी) को उपचार गरिरहेका छन् । गत बैशाखमा सुरु भएको उपचार विनासकारी महाभूकम्पका कारण ८ महिना रोकिन पुग्यो । उनले अहिले त्यही उपचारलाई भक्तपुर साँगास्थित हिलटेक रिसोर्टमा पुनः सुरु गरेका छन् । परम्परागत पद्धतीबाट अप्रत्यासित र चमत्कारिक उपचार गर्दै आएका जोशीसंग गरिएको कुराकानी :
० कल्पसनद कस्तो पद्धती हो ? : कल्पसनद परम्परागत र नेपालको मौलिक पद्धती हो । आयुर्वेदिक नेपाल र भारतको एउटै भए पनि हामीभन्दा भारतीय धेरै अगाडि छन् । तर कल्पसनद पद्धतीमा हामी अगाडि छौं । अंगिसर ऋषिले प्रतिपादन गरेको यो पद्धतीलाई अंगिसर सिद्धान्त पनि भनिन्छ । यो पद्धतीले अहिलेका बैज्ञानिक पद्धतीले काम गर्न सकेको छैन । यही पद्धतीलाई संसारमा चिनाउन हामीले काम गरिरहेका छौं ।
० कल्पसनद पद्धतीले कस्ता रोग ठीक पार्छ ? : कल्पसनद पद्धतीले टक्सिन रोगहरु निको पार्छ । खासगरी वंशानुगत विष रोगहरु यस पद्धतीबाट उपचार गरिन्छ यी रोगको उपचारका लागि “वृचितौ जङ्गिड भवेत” सिद्धान्त लागू गरिएको हुन्छ । यसमा औषधिहरु शरीरमा लगाउने र खाने दुवै गरिन्छ । शरीरमा औषधि लगाएपछि शरीरभित्र रहेका विकारहरुलाई बाहिर फाल्छ । पञ्चमहाभूतको सिद्धान्त योग, वियोग र सापेक्षताको नियमले कल्पसनद उपचार पद्धतीमा औषधिले काम गर्छ ।
० डीएमडी रोगको उपचार पनि सुरु गर्नुभएको छ, होइन ? : अहिले हामीले भक्तपुरको साँगामा डीएमडी रोगको शिविर राखेका छौं । शिविरमा १० बर्षका दुई बालकको उपचार भइरहेको छ । राष्टिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र सञ्चार माध्यमलाई आमन्त्रण गरेर डीएमडी रोगको उपचार सुरु गरेका छौं । नेपालका बरिष्ठ चिकित्सकहरुले नियमित रुपमा विरामीको जाँच गरिराख्नु भएको छ । व्यवस्थापिका संससदको महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिले कीर्तिपुरमा रहेको चीन सरकारले निर्माण गरिदिएको आर्युवेद अनुसन्धान भवन हामीलाई दिन सरकारलाई निर्देशन दिएको छ । कीर्तिपुरको भवन सरकारले उपलब्ध गराएपछि डीएमडीलगायत क्यान्सर रोगको समेत उपचार पनि सुरु गर्नेछौं ।
० हरेक प्रकारका क्यान्सर ठीक हुन्छ ? : अहिलेसम्म उपचार गरेका सबै किसिमका क्यान्सर ठीक भएको छ । नेपाल र भारत सरकारले दिएका विरामी हामीले ठीक गरेका छौं । यो रेकर्ड हामीसंग छ । क्यान्सर मुख्यतः विष रोग हो । विष रोग ७ किसिमका छन् । पहिले त्यो कुन विष हो भनेर पत्ता लगाउनु पर्छ । विष पत्ता लागेपछि त्यो विषलाई कुन औषधिले ठीक पार्छ त्यो औषधि दिनुपर्छ ।
० औषधिहरु चाहिँ कहाँबाट संकलन गर्नुहुन्छ ? : सबै परम्परागत औषधिको प्रयोग भइरहेको छ । यी औषधि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट संकलन गरिन्छ । केही हिउँदमा संकलन गर्नुपर्ने औषधि छ भने केही बर्षायाममा संकलन गर्नुपर्छ । नेपालका पहाड, हिमाल र तराई क्षेत्रमा जडिबुटी संकलन गरी मिश्रण गरेर प्रयोग गरिरहेको छ । एउटा टोलीले जडिबुटी संकलन गरिरहेको छ भने अरु बैद्यहरुले साँगामा डीएमडीको उपचार गरिरहेका छन् । यस बाहेक नेपालबाट संकलन गरेर पठाएको जडिबुटीबाट भारतमा औषधि निर्माण भइरहेको छ । त्यहाँ तयार भएका औषधिलाई एउटा ब्राण्ड दिएर नेपालमा बिक्रीवितरण गर्ने योजना बनाएका छौं ।
० क्यान्सरको उपचारका लागि र डीएमडीका लागि कति खर्च लाग्छ ?:अहिले हामी सिष्टममा चलिसकेका छैनौं । एउटा औषधि लिन पनि पहाडी जिल्लामा पुग्नुपर्ने बाध्यता छ । उसलाई व्यवसायिक बनाउन सकेमा निकै सस्तोमा क्यान्सरको उपचार हुन सक्छ । सामान्यतया एउटा विरामीका लागि ४–५ लाख रुपैयाँ लाग्छ । तर डीएमडीको उपचार अलि महंगो छ । औषधिहरु धेरै लाग्छ । यसका लागि करिव १०–१५ लाख रुपैयाँ खर्च लाग्छ ।
June 15, 2018 11:11 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण