होसियार : यस्ता संकेत देखिन्छन् भने सम्झनुहोस् तपाईको मिति अब नजिक आइसक्यो !
मानिस सधैं एउटा शब्दबाट डराउँछन्, त्यो हो ‘मृत्यु’ । मृत्यु कसैलाई पनि प्यारो लाग्दैन । तर एक न एक दिन सबैले मृत्युलाई अंगाल्नु पर्ने हुन्छ ।मृत्यु अंगाल्नुपर्ने धुर्वसत्य थाहा भएरै कतिपयले आफ्नो मृत्युबारे जान्न चाहना पनि राख्छन् । त्यसका लागि ज्योतिषीकहाँ चिना देखाउनेदेखि अनेक उपाय अपनाउँछन् ।
तर हिन्दु धार्मिक ग्रन्थका अनुसार मानिसलाई उसको मृत्यु नजिकिँदै छ भन्ने संकेत भगवान (प्रकृति)बाट नै मिल्ने गर्छ । ती संकेतलाई चिन्न सक्यो भने मृत्यु नजिक आइसक्यो भन्ने थाहा पाउन सकिन्छ ।
यस्ता छन् ती संकेतः
–शरिर अचानक पहेँलो वा सेतो देखिन थाल्यो र त्यसमाथि रातो रंग देखियो भने सम्झनु पर्छ उक्त मानिसको मृत्यु नजिकै आइसकेको छ । यस्तो संकेत देखिन थालिएको ६ महिनाभित्रै मानिसको मृत्यु हुने ग्रन्थमा उल्लेख छ ।
–कोही मानिसले पानी, तेल र ऐनामा आफ्नो आकृती देख्न छोड्यो भने पनि उक्त मानिसको मृत्यु नजिक आइसकेको मान्नु पर्छ ।
– यदि कुनै व्यक्तिले आफ्नै छायाँमा छुट्टै देख्ने तथा छायाँमा आफ्नो देख्दैन भने सम्झनुपर्छ एकमहिनाभित्रै उनको मृत्यु हुनेवाला छ ।
– यदि कुनै व्यक्तिले अचानक चारैतिर कालो देख्न थाल्यो भने त्यो उसको मृत्यु नजिक आइसकेको संकेत हो । – यदि अचानक कुनै व्यक्तिको बायाँ हात लगातार एक हप्तासम्म फरफर्राउँछ भने पनि सम्झनुपर्छ कि ति व्यक्तिको मृत्यु नजिक आइसकेको छ ।
– मुख, जिब्रो, कान, आँखा, नाक पत्थर जस्तो देखिन थालेभने मृत्यु नजिक आइसकेको संकेत भनेर बुझ्नुपर्छ ।
– यदि कोही मानिसले चन्द्र ,सुर्य र आगोबाट उत्पन्न प्रकाश देख्न सकेनन् भने पनि सम्झनुपर्छ कि ति व्यक्तिको मृत्यु निकट छ ।
– जिब्रो अचानक फूल्नु (सुन्निनु) पनि मृत्युको संकेत हो ।
– यदि कुनै व्यक्तिले निलो आकाशलाई रातो देख्न थाल्यो भने पनि उसको मृत्यु निकट छ भनेर बुझ्दा हुन्छ ।
– यदि कुनै व्यक्ति भएको ठाउँमा काग र गिद्धहरु घुमिरहन्छन्, अथवा ती व्यक्ति भएको माथिबाट तीनभन्दा बढी गिद्ध एकसाथ उड्छन् भने पनि बुझ्नुपर्छ कि अब उनको मृत्यु हुनेवाला छ ।
विभिन्न हिन्दु धार्मिक ग्रन्थहरुबाट साभार
October 5, 2018 3:24 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन