होसियार : यस्ता संकेत देखिन्छन् भने सम्झनुहोस् तपाईको मिति अब नजिक आइसक्यो !
मानिस सधैं एउटा शब्दबाट डराउँछन्, त्यो हो ‘मृत्यु’ । मृत्यु कसैलाई पनि प्यारो लाग्दैन । तर एक न एक दिन सबैले मृत्युलाई अंगाल्नु पर्ने हुन्छ ।मृत्यु अंगाल्नुपर्ने धुर्वसत्य थाहा भएरै कतिपयले आफ्नो मृत्युबारे जान्न चाहना पनि राख्छन् । त्यसका लागि ज्योतिषीकहाँ चिना देखाउनेदेखि अनेक उपाय अपनाउँछन् ।
तर हिन्दु धार्मिक ग्रन्थका अनुसार मानिसलाई उसको मृत्यु नजिकिँदै छ भन्ने संकेत भगवान (प्रकृति)बाट नै मिल्ने गर्छ । ती संकेतलाई चिन्न सक्यो भने मृत्यु नजिक आइसक्यो भन्ने थाहा पाउन सकिन्छ ।
यस्ता छन् ती संकेतः
–शरिर अचानक पहेँलो वा सेतो देखिन थाल्यो र त्यसमाथि रातो रंग देखियो भने सम्झनु पर्छ उक्त मानिसको मृत्यु नजिकै आइसकेको छ । यस्तो संकेत देखिन थालिएको ६ महिनाभित्रै मानिसको मृत्यु हुने ग्रन्थमा उल्लेख छ ।
–कोही मानिसले पानी, तेल र ऐनामा आफ्नो आकृती देख्न छोड्यो भने पनि उक्त मानिसको मृत्यु नजिक आइसकेको मान्नु पर्छ ।
– यदि कुनै व्यक्तिले आफ्नै छायाँमा छुट्टै देख्ने तथा छायाँमा आफ्नो देख्दैन भने सम्झनुपर्छ एकमहिनाभित्रै उनको मृत्यु हुनेवाला छ ।
– यदि कुनै व्यक्तिले अचानक चारैतिर कालो देख्न थाल्यो भने त्यो उसको मृत्यु नजिक आइसकेको संकेत हो । – यदि अचानक कुनै व्यक्तिको बायाँ हात लगातार एक हप्तासम्म फरफर्राउँछ भने पनि सम्झनुपर्छ कि ति व्यक्तिको मृत्यु नजिक आइसकेको छ ।
– मुख, जिब्रो, कान, आँखा, नाक पत्थर जस्तो देखिन थालेभने मृत्यु नजिक आइसकेको संकेत भनेर बुझ्नुपर्छ ।
– यदि कोही मानिसले चन्द्र ,सुर्य र आगोबाट उत्पन्न प्रकाश देख्न सकेनन् भने पनि सम्झनुपर्छ कि ति व्यक्तिको मृत्यु निकट छ ।
– जिब्रो अचानक फूल्नु (सुन्निनु) पनि मृत्युको संकेत हो ।
– यदि कुनै व्यक्तिले निलो आकाशलाई रातो देख्न थाल्यो भने पनि उसको मृत्यु निकट छ भनेर बुझ्दा हुन्छ ।
– यदि कुनै व्यक्ति भएको ठाउँमा काग र गिद्धहरु घुमिरहन्छन्, अथवा ती व्यक्ति भएको माथिबाट तीनभन्दा बढी गिद्ध एकसाथ उड्छन् भने पनि बुझ्नुपर्छ कि अब उनको मृत्यु हुनेवाला छ ।
विभिन्न हिन्दु धार्मिक ग्रन्थहरुबाट साभार
October 5, 2018 3:24 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन