बिहान खाली पेटमा कालो चिया पिउनुहोस्, पाउनुहुनेछ, चमत्कारी फाइदा
चियाका किसिममा हरेक व्यक्तिको आ–आफ्नै रुची हुन्छन्। कसैले दूध राखेको चिया पिउन रुचाउँछन् भने कतिपयले कालो चिया। तर बिहान खाली पेटमा दूध राखेको चिया पिउनु स्वास्थ्यको लागि हानिकारक मानिन्छ। यद्यपी कालो चिया पिउँदा स्वास्थ्यको लागि पनि विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन्। बिहान हर घरमा पाक्ने चिया मध्ये कालो चियाको बारेमा केही फाइदाजनक तथ्य हामी सार्वजनिक गर्नेछौँ।
१. रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ। : कालो चिया एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ। जसले शरीरमा रोगसँग लड्ने क्षमतालाई बढाउन चाहान्छन्, उनीहरुले बिहान खाली पेटमा कालो चिया पिउनु उपयुक्त हुन्छ।
२.क्यान्सर हुनबाट बचाउँछ। : नियमित बिहान एक कप कालो चिया पिउनु गर्ने हो भने क्यान्सर जस्तो भयानक रोगबाट बच्न सकिन्छ।
३. मुटुजन्य समस्याबाट खतरा हुँदैन। : एक अध्ययन अनुसार दिनहुँ तीन कप कालो चिया पिउँदा मुटुजन्य समस्याको खतरा हुँदैन।
४. छिट्टै बुढोपन देखिँदैन। : कालो चियामा पाईने एन्टी अक्सिडेन्टले शरीरमा भएको टाक्सिन्सलाई बाहिर निकाल्छ । यसले कारण उमेर बढेको लक्षण छिटै देखिँदैन।
५. पसिना गन्हाउने समस्याबाट छुटकारा मिल्छ। : कतिपयको समस्याको जड बनेको हुन्छ पसिना। कसै कसैको पसिना निकै गन्हाउने हुन्छ। यो सामान्य नभई एक समस्या नै हो। त्यसैले पसिनाको दुर्गन्धबाट छुटकारा पाउनको लागि कालो चिया पिउनु उपयुक्त मानिन्छ।
October 6, 2018 11:25 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण