लिङ्ग परिवर्तन गरी समलिङ्गी विवाह गरेपछि आपतैआपत
एजेन्सी, २० असोज । भारतले केही समय अघि मात्र समलिङ्गी विवाहलाई कानुनी मान्यता दिएको छ । यस अघि त्यहाँ समलिङ्गी विवाहलाई गैरकानुनी मानिन्थ्यो । समलिङ्गी विवाहमाथिको देशको कडा नीतिबाट बच्नका लागि भारतका दुई महिलाले एउटा फरक बाटो अप्नाउनुपर्यो । यसक्रममा एक महिलाले आफ्नो लिङ्ग नै परिवर्तन गरेर पुरुष बनिन् । त्यसपछि दुवै महिलाले विवाह गरे । त्यस विवाह भएको अहिले पाँच वर्ष भैसकेको छ । यहाँसम्म आउँदा दुवैको वैवाहिक जीवन सुखमय रह्यो तर अहिले आएर महिला आफ्नो महिला श्रीमानसँग अलग्गिन चाहन्छिन् ।
अहिले यो मामिला जिल्ला महिला एवम् बाल संरक्षण कार्यालय पुगेको छ । अलग्गिनुको पछाडिको कारण असन्तुष्टि भएको बताइएको छ । यी दुई महिलाले विवाहपछि एउटा बच्चालाई कोख पनि लिएका थिए । तर अहिले दुईबीचको द्वन्दले बच्चाको भविष्यलाई खतरामा पुर्याएको छ । श्रीमती बनेकी युवती सोनीपातकी बासिन्दा हुन् । उनको अनुसार जींदस्थित पटियाला चोक क्षेत्रकी एक युवतीसँग केही वर्ष अघि उनको मित्रता भएको थियो । दुबैबीच गहिरो मित्रता भयो र त्यो अन्ततः प्रेममा बदलिएको थियो ।
युवतीहरु अलग्गिन नसकेपछि दुवैले विवाह गर्ने फैसला लिएका थिए । तर विवाह गरेको पाँच वर्षसम्म श्रीमान् बनेकी युवतीले केही कमाउन नसकेपछि घर खर्च चलाउने बाटो नभएर श्रीमती युवती अलग्गिन चाहेको बताइन् । श्रीमती युवती अलग्गिने सोचमा छिन् तर हालसम्म श्रीमान् बनेकी युवती भने त्यसका लागि मन्जुर छैनन् ।
October 6, 2018 12:22 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन