लिङ्ग परिवर्तन गरी समलिङ्गी विवाह गरेपछि आपतैआपत
एजेन्सी, २० असोज । भारतले केही समय अघि मात्र समलिङ्गी विवाहलाई कानुनी मान्यता दिएको छ । यस अघि त्यहाँ समलिङ्गी विवाहलाई गैरकानुनी मानिन्थ्यो । समलिङ्गी विवाहमाथिको देशको कडा नीतिबाट बच्नका लागि भारतका दुई महिलाले एउटा फरक बाटो अप्नाउनुपर्यो । यसक्रममा एक महिलाले आफ्नो लिङ्ग नै परिवर्तन गरेर पुरुष बनिन् । त्यसपछि दुवै महिलाले विवाह गरे । त्यस विवाह भएको अहिले पाँच वर्ष भैसकेको छ । यहाँसम्म आउँदा दुवैको वैवाहिक जीवन सुखमय रह्यो तर अहिले आएर महिला आफ्नो महिला श्रीमानसँग अलग्गिन चाहन्छिन् ।
अहिले यो मामिला जिल्ला महिला एवम् बाल संरक्षण कार्यालय पुगेको छ । अलग्गिनुको पछाडिको कारण असन्तुष्टि भएको बताइएको छ । यी दुई महिलाले विवाहपछि एउटा बच्चालाई कोख पनि लिएका थिए । तर अहिले दुईबीचको द्वन्दले बच्चाको भविष्यलाई खतरामा पुर्याएको छ । श्रीमती बनेकी युवती सोनीपातकी बासिन्दा हुन् । उनको अनुसार जींदस्थित पटियाला चोक क्षेत्रकी एक युवतीसँग केही वर्ष अघि उनको मित्रता भएको थियो । दुबैबीच गहिरो मित्रता भयो र त्यो अन्ततः प्रेममा बदलिएको थियो ।
युवतीहरु अलग्गिन नसकेपछि दुवैले विवाह गर्ने फैसला लिएका थिए । तर विवाह गरेको पाँच वर्षसम्म श्रीमान् बनेकी युवतीले केही कमाउन नसकेपछि घर खर्च चलाउने बाटो नभएर श्रीमती युवती अलग्गिन चाहेको बताइन् । श्रीमती युवती अलग्गिने सोचमा छिन् तर हालसम्म श्रीमान् बनेकी युवती भने त्यसका लागि मन्जुर छैनन् ।
October 6, 2018 12:22 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन