प्रचण्ड आरोप- पार्टी एकता उल्ट्याउने षड्यन्त्र भयो
काठमाडौं, २० असोज । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई उल्टयाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । पार्टी एकता उल्ट्याउने षड्यन्त्र भइरहेको आरोप लगाए पनि कसले यस्तो षड्यन्त्र गरिरहेछ भन्ने बारे भने उनी मौन बसे ।
शनिबार दशैंलगायतका चाडपर्वको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी भने दिन छुटाएनन् । उनले पार्टी संगठनहरुको एकीकरणको विषयमा पार्टी भित्र ठूलो व्यवधान नरहेको दावी गरे । उनले भने, ‘त्यसलाई छिट्टै पूर्णता दिइन्छ, आइतबार बस्ने सचिवालय बैठकले यसबारे निर्णय लिन्छ ।’
अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सुदृढ बनाउने र पार्टीलाई एक्काइशौं शताब्दीको समाजवादी बाटोमा अघि बढाउने दृढता व्यक्त गरे ।उनले एक फरक प्रसंगमा सरकारले कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताए । यसअघि उनले मन्त्रिपरिषद पुनर्गठनको समेत कुरा गर्दै आएका थिए ।
October 6, 2018 12:28 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन