

प्रचण्ड आरोप- पार्टी एकता उल्ट्याउने षड्यन्त्र भयो

काठमाडौं, २० असोज । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई उल्टयाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । पार्टी एकता उल्ट्याउने षड्यन्त्र भइरहेको आरोप लगाए पनि कसले यस्तो षड्यन्त्र गरिरहेछ भन्ने बारे भने उनी मौन बसे ।
शनिबार दशैंलगायतका चाडपर्वको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी भने दिन छुटाएनन् । उनले पार्टी संगठनहरुको एकीकरणको विषयमा पार्टी भित्र ठूलो व्यवधान नरहेको दावी गरे । उनले भने, ‘त्यसलाई छिट्टै पूर्णता दिइन्छ, आइतबार बस्ने सचिवालय बैठकले यसबारे निर्णय लिन्छ ।’
अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सुदृढ बनाउने र पार्टीलाई एक्काइशौं शताब्दीको समाजवादी बाटोमा अघि बढाउने दृढता व्यक्त गरे ।उनले एक फरक प्रसंगमा सरकारले कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताए । यसअघि उनले मन्त्रिपरिषद पुनर्गठनको समेत कुरा गर्दै आएका थिए ।
October 6, 2018 12:28 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

