पितृ शोकमा परेका एक नेपालीलाई एनआरएनए अल कासिमद्वारा सहयोग ।
साउदी सम्वाददाता,
साउदी अरब – एनआरएनए क्षेत्रीय समन्वय समिति अल कासिमले, पितृ शोकमा परेका एक नेपाली लाई सहयोग हस्तान्तरण गरेको छ ।
विगत केहि बर्षदेखि साउदी अरबको अल कासिम स्थित पाण्डा कम्पनीमा काम गर्दै आउनु भएका दिपक बानियाँको बुवा अकस्मात निधन भएको हुँदा नेपाल जाने स्थिति सृजना भएको थियो । “भर्खरै ३-४ महीना पहिले मात्रै छुट्टी बिताएर आएका र घरको आर्थिक अवस्था कमजोर भएकोले एनआरएनए अलकासिमले सहयोग जुटाई उनलाई नेपाल फर्कन लाग्ने हवाई टिकटको शुल्क स्वरुप केहि रकम जुटाइदिएको हो”- एनआरएनए अलकासिम क्षेत्रीय अध्यक्ष रम्जानदिन मियाँ भने ।
सहयोग स्वरुप संकलित रकम ७ सय १५ साउदी रियल गत ४ अक्टोबर २०१८ का दिन उहाँकै निवासमा एनसीसी सचिव बिशाल कुमार श्रेष्ठ, युवा संयोजक राज कुमार श्रेष्ठ, भुतपुर्व क्षेत्रीय का.बा. क्षेत्रीय अध्यक्ष मनिष कोईराला लगायतका अलकासिममा कृयाशिल एनआरएनए कर्मिहरुको समुपस्थितिमा हस्तान्तरण गरिएको क्षेत्रीय अध्यक्ष रम्जानदिन मियाँले बताए साथै उनले भने एक कार्यक्रम गरि बानियाँको पिताको मृत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली सहित शोकाकुल परिवार प्रती समबेदना समेत प्रकट गरियो ।
बानियाँ नेपाल गोर्खा, कोखेका स्थाइ वासि हुन् ।
October 6, 2018 8:02 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन