अमेरिकामा ईन्जाको मिडीया सम्बन्ध बिस्तार साउथ एसिएन जर्नालिष्ट एसोसिएसनको कार्यक्रममा सहभागिता
वाशिंगटन डिसी-अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा) ले अमेरिकी पत्रकार संघ संस्थाहरुसंग सम्बन्ध विस्तार गर्न शुरु गरेको छ । हेडक्वार्टर वाशिंगटन डिसीमा रहेको इन्जाले हालसम्म ४ वटा महादेशमा आफ्नो महादेशीय शाखाहरु गँठन गरिसकेको छ ।
ईन्जाका अध्यक्ष गुणराज लुइटेलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले वाशिंगटन डिसी स्थित नेसनल प्रेस क्लव र साउथ एशिया पत्रकार संघद्वारा आयोजित अमेरिकी संचारका बर्तमान समस्या र चुनौति विषयक अन्तरक्रियामा सहभागिता जनाउनुका साथै को छ ।

सीएनएनका प्रमुख संसदीय मामिला रिपोर्टर मनु राजु मुख्य बक्ता रहेको अन्तरक्रियामा सामाजिक संजालले मिडियामा पारेको प्रत्यक्ष असर, श्रब्य दृष्य संचारको बढ्दो प्रभाव र प्रेसमाथि सरकारी हस्तक्षेप जस्ता विषयमा उपस्थित पत्रकारहरुले गम्भीर प्रश्न उठाएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले हरेक दिन विहान गर्ने ट्वीटले समाचार निर्माताहरुका दैनिक प्राथमिकताहरुनै परिवर्तन हुने गरेको यथार्थता बताउदै पत्रकारहरुले जस्तोसुकै चुनौतिमा पनि संचारले सन्तुलित हुनु पर्ने विचार ब्यक्त गरे ।
सो कार्यक्रममा इन्जा अध्यक्ष गुणराज लुइटेलले प्रेस क्लवका अधिकृत तथा साझाकी अध्यक्ष प्रेरणा ठाकुरदे़ाईसंग इन्जाले सहकार्य र समझदारीमा काम गर्न प्रस्ताव राख्नु भयो । उहॉहरुले नेपाली पत्रकारहरुसंग आफ्नो संस्था मिलेर काम गर्न आतुर रहेको बताउनु भयो । सो कार्यक्रमको लाईभ प्रसारण स्थानीय इनेप्लिज पत्रिकाले गरेको थियो ।
सो अवसरमा साजाद्वारा एक्सिलेन्स इन जर्नालिजम अन साउथ एसिया अवार्ड २०१८ वितरण गरिएको थियो ।
दक्षिण एसियाबारे लेखिएका विभिन्न सात विधामा पुरष्कार वितरण गरिएको थियो । २०१८ को द डानियल पर्ल आउटस्ट्याण्डिंग साजा अवार्ड द वाशिंगटन पोष्टकी रिपोर्टर एनी गोविनले पाएकी थिइन भने आउटस्ट्याण्डिंग साजा डाएस्पोरा इन्टरप्राइज अवार्ड “इन्साइड द ग्रोइंग गेष्ट प्रोग्राम” विषयक प्स्कुतिको लागि निखिल स्वामीनाथनलाई दिइएको थियो ।

यस्तै आउटस्ट्याण्डिंग साजा डायस्पोरा नन फिक्सन अवार्ड नेहा थिरागी बांग्रीलाई “देयर ईज नो वीचेज हेयर, रोड्स एंण्ड किंगडम” नामक पुस्तकको लागि, आउटस्ट्याण्डिंग स्टोरी राईटिंग साजा अवार्ड अनिस गवान्डेलाई, आउटस्ट्याण्डिंग साजा बेस्ट स्टोरि राईटिंग अवार्ड अंजली इन्जेटीलाई र आउटस्ट्याण्डिंग साजा साउथ एसिया रिपोर्टिंग अवार्ड पनि अनिस गवान्डेलाई दिइएको थियो ।
सो अवसरमा साझाद्वारा विभिन्न सात विधामा सफल रिपोर्टिंग गर्ने दक्षिण एसियाली पत्रकारहरूलाई पुरस्कृत गरिएको थियो जसमध्ये डानियल पर्ल अवार्डको लागि नेपाली पत्रकार सुगम पोखरेल पनि नोमिनेसनमा पर्नु भएको थियो भने आउट स्ट्यानडिंग आर्ट एण्ड कल्चर साउथ एशियन डायस्पोरा अवार्ड नेपाली पत्रकार अतुल भट्टराईले जित्नु भएको थियो ।

अवार्ड छनौट समितिकी संयोजक तथा साझा उपाध्यक्ष जैनव इमामले साझा अवार्डमा भाग लिन नेपाली पत्रकारहरुलाई आह्वान गर्नु भयो । साझाले अमेरिकामा रहेका नेपाली पत्रकारहरुको तथ्यांक उपलव्ध गराईदिन समेत ईन्जालाई अनुरोध गरेको छ ।
यस अघि ईन्जाले अमेरिकाको पेशागत पत्रकारहरुको संस्था सोसाईटी अफ प्रोफेसनल जर्नालिष्टससंग द्विपक्षीय भाईचारा विकास गरिसकेको छ ।
समाचार श्रोत: सुनिल मणि दाहाल,
October 8, 2018 8:36 am | प्रवास,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा