दिपसिखा मा. बी. दाङमा दशैं मिलन कार्यक्रम सम्पन्न ।
तेज थापा,
घोराही दाङ- दिपसिखा आवासीय मा. बी. घोराही दाङले आज दशैं मिलन तथा विविध संस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश ५ अन्तर्गत घोराही उपमहानगरपालीका १५ मा अवस्थित बिध्यालयका बिध्यार्थीहरूले बिभिन्न बिधाहरूमा आ-आफ्नो कला प्रस्तुत गरेका हुन् ।

श्रृजित लामिछाने र कृति के. सी. द्वारा संयुक्तरूपमा संचालित कार्यक्रमको अध्यक्षता हरि प्रशाद गौतमले गरेका थिए भने बिध्यालयका शेर सदस्य प्रतिराज बस्नेत तथा प्रिन्सिपल शोभकान्त अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।

कक्षा ९ मा अध्यनरत विध्यार्थी भाइ बहिनीहरु आयोजक रहेको कार्यक्रममा विभिन्न तहका विध्यार्थीहरुले फरक-फरक विधामा आ-आफ्नो कला एवम् प्रतिभा सहित प्रतिस्पर्धा गरेका थिए । जस अन्तर्गत नृत्यतर्फ प्राइमरी तह ५-B कि स्मृति ओली प्रथम, “स्वर्णिम समुह” ३-B द्वितिय तथा १-B की सिन्धिया बोहोरा तृतिय भएका थिए भने नृत्य तर्फ नै निम्न माध्यामिक तहका “बर्षा समूह” प्रथम, “दिया समूह” द्वितिय तथा “रूवी समूह” ले तृतिय स्थान हासिल गर्न सफल भएका थिए । त्यसैगरि गायन तर्फ प्राइमरी तह ५-C का सुरज पुलामी प्रथम, २-B की आकृति बुढा द्वितिय तथा ३-B का स्वर्णिम थापा तृतिय स्थानमा जित हासिल गर्न सफल भएका थिए त्यस्तै निम्न माध्यामिक तह अन्तर्गत अनिता समूह प्रथम, अञ्जुली बि. सी. द्वितिय तथा मिमिस पन्त तृतिय भएका थिए ।

बिध्यालयले बर्सेनि यस्ता अतिरिक्त कार्यक्रम आयोजना गर्दै आइरहेको बिध्यालयका प्रिन्सिपल शोभकान्त अधिकारीले बताए । अधिकारीका अनुसार विध्यालयका बिध्यार्थीहरुको कला र प्रतिभाहरु पहिचान गरि भविष्यमा अब्बल दर्जाको कलाकारहरु उत्पादन गर्न विध्यालय व्यवस्थापन पक्ष लागि परिरहेको जनाए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन