कारबाट उत्रिए, रेलको लिकमा उभिए, एकअर्कालाई लड्डु खुवाए अनि रेल अगाडि हामफाले
एजेन्सी। पावरकमका इन्जिनियर र महिला कजेलकी सहायक प्रोफेसरले सोमबार विहान तीव्रगतिमा आइरहेको रेलको लिकमा पसेर आत्महत्या गरेका छन्।। सोमबार विहान साढे सात बजे दुवै जना पटियालाको २३ नम्बर फाटक नजिकै आएका थिए। उनीहरुले एक–अर्कालाई लड्डु खुवाए र रेलको लिक भएको ठाउँमा गए।विवाहको कपडा लगाएकी युवतीले रेलको लिकमा पुगेर युवकसँग अंकमाल गरिन् अनि दुवै जना तीव्र गतिमा आइरहेको रेल अगाडि बसे। दुवै जनाको रेलले किचेर तत्कालै मृत्यु भयो। यी दुवै विगत आठ वर्षदेखि परिचित थिए। र आफैं कमाउन सक्ने भएपछि विवाह गर्न चाहन्थे।
दुवै विवाह गर्न चाहन्थे, तर जात नमिलेपछि उनीहरुका परिवार विवाहकालागि तयार थिएनन्। तर प्रहरीले भने दश अक्टोबरमा घटस्थापनाको दिन उनीहरुको टिकोटालो तय भएको थियो। यद्यपी दुवै परिवार जातिका कारणले समस्या नभएको बताउँछन्। प्रहरीले अहिलेसम्म सुसाइड नोट फेला पार्न सकेको छैन। रघुवीर नगरका विनय सुन्दरम पावरकममा इन्जिनियर थिए। जबकि तफज्जलपुराकी २७ वर्षीया युवती विमप्रीत कौर महिला कजेलमा सहायक प्रोफेसर थिइन्। दुवै विगत आठ वर्षदेखि परिचित थिए।
घटनाका प्रत्यक्षदर्शीका अनुसार दुवै जना रेलवे फाटक नजिकै कारमा आएका थिए। त्यहाँ आएपछि दुवै जना कारबाट बाहिर निस्किए। कारबाट बाहिर निस्किएपछि एकअर्कालाई लड्डू खुवाए। त्यसपछि केही बेरसम्म त्यँही उभिए। अनि केही समयपछि तीव्र गतिमा आइरहेको रेल अगाडि दुवै जनाले हामफालेर आत्महत्या गरे।
October 9, 2018 3:51 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन