

साउदीले उच्च सीप भएका विदेशीलाई साउदी नागरिकता प्रदान गर्ने
4 years अगाडी
manoj Thapa

काठमाण्डौ – साउदी अरेबियाले विशेष सीप भएका विदेशी नागरिकलाई साउदी नागरिकता प्रदान गर्ने निर्णय गरेको छ ।
डाक्टर, वैज्ञानिक, सांस्कृतिक, खेलकुद र प्राविधिक लगायतको विशेष क्षेत्रमा काम गर्ने उच्च सीप भएका विदेशी नागरिकलाई साउदीको नागरिकता प्रदान गर्न बिहीबार साउदीको शाही आदेशले अनुमति दिएको हो ।
साउदीले २०३० सम्मको आफ्नो योजनामा विदेशी नागरिकलाई साउदी नागरिकता दिने विषय समेटेको छ ।
उच्च सीप युक्त विदेशी नागरिकलाई आकर्षण गर्न र साउदीलाई ज्ञानको हब बनाउनका लागि यो कदम अघि बढाएको साउदीले जनाएको छ ।
वैज्ञानिक, डाक्टर र अन्य प्राविधिक क्षेत्रमा विदेशीहरूलाई आकर्षित गर्न र साउदीमा आकर्षण व्यापारिक वातावरणको सिर्जना गर्ने उद्देश्य साउदीले लिएको छ । साभार उज्यालो
November 12, 2021 1:37 pm | रोचक,समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई
Loading...

