

नेपालका लागि यो रातो दाना पहेलो सुन भन्दा कम छैन : यसरी गरेको खेतीले लाखौँ लाभ

तनहुँ । तनहुँको छिम्केश्वरीपछिको दोस्रो कर्णालीका रुपमा परिचित देवघाट गाउँपालिकाको बैदी ऋषिङथानमा कफी खेती थालिएको छ । समुन्द्री सतहबाट करीब एक हजार ६३० मिटर उचाइमा रहेको उक्त स्थानमा कफीको पकेट क्षेत्र बनाउने उद्देश्यअनुरुप कफी खेती थालिएको हो । घण्टाचुली पर्यटन क्षेत्र विकास समितिको सक्रियतामा देवघाट गाउँपालिकाको वडा नं १ र २ को सिमानामा पर्ने ऋषिङथानमा ५०० वटा कफीको बिरुवा लगाइएको छ ।
जिल्ला कफी सहकारी संस्थाले उत्पादन गरेको कफीको बिरुवा गाउँपालिकाले शुल्क व्यहोर्ने गरी कफीका बिरुवा लगेर रोपिएको घण्टाचुली पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष खड्का पामी आलेले जानकारी दिनुभयो । कफीको हालको बजार मूल्य प्रतिविरुवा रु ४० देखि ५० सम्म बिक्री हुने गरेकोले झण्डै रु २५-३० हजार बराबरको कफीको बिरुवा गाउँपालिकाले सहयोग गरेको छ ।उक्त क्षेत्रलाई कफी खेतीको पकेट क्षेत्र बनाउने उद्देश्यले गाउँपालिकाले सहयोग गर्दै आएको देवघाट गाउँपालिका–२ का वडाध्यक्ष पोलबहादुर आलेले बताउनुभयो । कफी रोप्न र जङ्गलका झाडी पन्छाउनका लागि स्थानीय ५३ जनाले श्रमदान गरेका थिए ।
यसैबिच, तनहुँमा सामुदायिक वन उपभोक्ता समितिले आर्थिक वर्ष २०७५÷७६ मा रु १२ करोड एक लाख २७ हजार ८६७ आम्दानी गरेको छ । जिल्लामा रहेका विभिन्न ६१७ सामुदायिक वनले एक लाख २४ हजार २१८ क्युफिट काठ तथा दाउरा बिक्री गरेर उक्त आम्दानी गरेको हो । सामुदायिक वनबाट बिक्री भएका काठ र दाउराबाट वन पैदावर शुल्कबापत रु दुई करोड नौ लाख ५२ हजार ३५७ राजश्व सङ्कलन भएको डिभिजन वन कार्यालयका डिभिजन प्रमुख केदार बरालले जानकारी दिनुभयो ।
सामुदायिक वनले ५५ हजार ७४ हेक्टर क्षेत्रफल वन ओगटेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । “सामुदायिक वनले वन पैदावारबाट बिक्री भइआएको आम्दानीले उपभोक्ता समितिले वन विकास र समूहको भौतिक, आर्थिक, सामाजिक विकासका क्षेत्रमा खर्च गर्न पाउने व्यवस्था रहेको छ”, उहाँले भन्नुभयो ।
४० लाख राहत
यसैबिच, डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई रु ४० लाख राहत प्रदान गरेको छ । चितुवाको आक्रमणबाट जिल्लाको भानुनगरपालिकाका चार बालबालिकाको मृत्यु भएपछि जनही रु दश लाखका दरले सो राहत प्रदान गरेको हो ।
त्यसैगरी उक्त कार्यालयले भालुको आक्रमणबाट घाइते तीन जनालाई उपचार खर्चबापत रु दुई लाख ६९ हजार ७०४ प्रदान गरेको छ ।त्यसैगरी चितुवाको आक्रमणबाट मृत्यु भएका तीन गाईका धनीलाई रु ३० हजार, १२ वटा बाख्राका धनीलाई रु एक लाख, एउटा भेडाका धनीलाई रु १० हजार र एउटा सुँगुरका धनीलाई रु १० हजार राहतस्वरुप रकम प्रदान गरिएको डिभिजन प्रमुख बरालले बताउनुभयो । (रासस)
July 19, 2019 1:20 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

