‘यास्’ चक्रवात न्यून चापीय क्षेत्रमा परिणत, नेपालमा केही दिन असर देखिने
काठमाण्डाै – बङ्गालको खाडीमा विकास भएको ‘यास्’ नामको चक्रवात न्यून चापीय क्षेत्रमा परिणत भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीवार (आज) विशेष बुलेटिन निकालेर चक्रवात कमजोर भइ न्यून चापीय क्षेत्रको रूपमा परिणत भएको र यसको असर नेपालमा केही दिन पर्ने जनाएको छ ।
चक्रवातको प्रभावले शनिवारसम्म केही ठाउँमा ठूलो पानी तथा हिमाली क्षेत्रमा हावाहुरीसहित हिमपात हुने सम्भावना रहेकोले सचेत रहन विभागले आग्रह गरेको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले जनाएका छन् ।
‘यो सिजनमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात, वर्षा तथा उच्च वेगको हावाहुरीसमेत चल्न सक्ने सम्भावना रहेकोले केही दिन पर्वतारोहण नगर्न र नगराउनु हुन अनुरोध छ’, विभागले भनेकाे छ ।
यसअघि गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो तथा डुबान जस्ता विपद्का घटना हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । यस्तै प्राधिकरणले पर्वतारोहणमा गएकाहरूलाई फिर्ता हुन पनि निर्देशन दिएको छ । उज्यालो
May 27, 2021 11:22 pm | सुचना,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड