बहराइनमा कागजात विहीन भएर काम गरिरहेकालाई खोप लगाउन दूतावासको अनुरोध
4 years अगाडी
manoj Thapa
काठमाण्डौ – बहराइनमा कागजात विहीन भएर काम गरिरहनुभएको छ ? र कोरोना विरुद्धको खोप लगाउनुभएको छैन ? यदि छैन भने छिटो गर्नुहोस् ।
बहराइनमा रहेको नेपाली दूतावासले बहराइनमा कागजात विहीन भएर काम गरिरहेका सबै नेपालीलाई खोप लगाउन आग्रह गरेको छ ।
नेपालबाट बहराइन प्रवेश गर्ने हरेकको विवरण बहराइनको अध्यागमनसँग हुन्छ । उनीहरू मध्ये कतिले भिसा नवीकरण गराए, कति नेपाल फर्किए अनि कति चाहिँ कागजात विहीन भएर काम गरिरहेका छन् भन्ने जानकारी पनि बहराइन सरकारसँग हुने हुँदा समयमा नै खोप लगाउन दूतावासले अनुरोध गरेको हो ।
यसअघि दूतावासले कागजात विहीन भएर काम गरिरहेकाहरुलाई दूतावासमा अनलाइनमार्फत खोप लगाउनका लागि फारम भर्न अनुरोध गरेको थियो ।
तर एकदमै थोरैले मात्र फारम भरेको भन्दै दूतावासले यथा सक्दो छिटो खोपका लागि फारम भर्न पनि भनेको छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...