

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दियो
4 years अगाडी
manoj Thapa

काठमाण्डाै – यौन दुर्व्यवहारकाे मुद्धामा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउनुभएको छ । काठमाण्डौ जिल्ला अदालतले दिएको सफाइलाई उच्च अदालत पाटनले सदर गरिदिएसँगै पूर्वसभामुख महराले मुद्दामा सफाइ पाउनुभएको हो ।
न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाण्डाै जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला गरेको हो ।
पूर्वसभामुख तथा माओवादी केन्द्रका सांसद महराले सचिवालयमा काम गर्ने एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उहाँले २०७६ सालको असोज १४ गते सभामुख पदबाट राजीनामा दिनुभएको थियो ।उहाँलाई थुनामा राखेर पनि अनुसन्धान गरिएकोमा २०७६ फागुन ५ गते काठमाण्डाै जिल्ला अदालतले सफाइ दिएको थियो । उज्यालो
July 27, 2021 4:49 pm | राजनीति,समाचार,सुचना

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन
Loading...

