

विपद्को आकलन गर्न नसके आउँदाे दशक भयावह हुन सक्छ : सांसद

काठमाण्डाै – प्रतिनिधि सभाका सांसदले विपद्को जोखिमलाई आकलन गर्न नसके आउँदाे दशक भयावह हुने बताउनुभएको छ । प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेले बेलैमा जोखिम रोक्नतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पानीको भण्डारले चुरे अत्यन्त जोखिममा रहेकाले त्यसका कारण अन्नको आधार तराई क्षेत्र पनि खतरामा परेको बताउनुभयो ।
‘चुरेको जोखिमलाई आकलन गर्न नसके आउँदा १० वर्षमा अवस्था भयावह हुनेछ’, उहाँले भन्नुभयो । क्षति न्यूनीकरण, वातावरण संरक्षण तथा जोखिम रोक्ने सवालमा विभिन्न दश बुँदा प्रस्तुत गर्दै पोखरेलले हरित अभियान चलाउन पनि सरकार तथा अन्य निकायसँग अनुरोध गर्नुभयो ।
उहाँले यसपालि मनाङ र मेलम्चीमा ठूलो मनसुनजन्य घटना आएकाले प्रभावितको पुनर्स्थापनमा ध्यान दिन आग्रह गर्नुभयो । विकास निर्माणका कार्यकम मूल्यमा बन्नुपर्ने हुँदा जोखिम क्षेत्रमा नै बन्ने गरेको र धेरैजसाे विकासका पूर्वाधार पनि नदी किनारमा रहेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले नदीको तटीय क्षेत्र सुरक्षित बनाउन नसक्दा घर तथा कृषियोग्य जमिन बगरमा परिणत हुने गरेको यथार्थ प्रस्तुत गर्नुभयो ।
उहाँले नदीका लागि आवश्यक बगर र हरित क्षेत्र छाड्न पनि आग्रह गर्नुभयो । राजमार्ग र जलविद्युत् आयोजनाका पूर्वाधार जोगाउन सांसद पाेखरेलले ध्यानाकर्षण गराउनुभयो ।
सांसद महेश्वरजङ्ग गहतराजले राप्ती नदीको बाढीले अत्यधिक क्षति पुर्याएकाे भन्दै तटबन्ध निर्माणमा ध्यान दिन सरकारसँग माग गर्नुभयो । किसानलाई मल अभाव भएकाले सरकारले समयमै उपलब्ध गराउन पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद रङ्गमति शाहीले कोरोना नियन्त्रणका लागि सरकारले यथाशक्य कदम चाल्नुपर्ने बताउनुभयो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले भूमिहीनका समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो । अघिल्लो सरकारले भूमिहीनका समस्याबारे चालेका कदमलाई वर्तमान सरकारले निरन्तरता दिनुपर्नेमा उहाँको जोड दिनुभयो ।
जनता समाजवादी पार्टी जसपाका डा. सुरेन्द्रप्रसाद यादवले विगतमा कोरोना प्रभावित भएका र नभएकालाई एउटै अस्पतालमा उपचार गराउँदा जटिलता उत्पन्न भएको उल्लेख गर्दै अबका दिनमा त्याे गल्ती दोहोर्याउन नहुनेमा जोड दिनुभयो ।
सांसद रेणुका गुरुङले कोरोना सङ्क्रमित बढ्दै गएकाले त्यसको रोकथामका लागि सरकारले पहल गरोस् भनेर माग राख्नुभयो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सरकारले स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्नेमा जोड दिँदै कोरोनाविरुद्धको खोप सुनिश्चित गर्न माग गर्नुभयो । उज्यालो
July 30, 2021 11:59 pm | राजनीति,समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

